साउदीले इजिप्ट विरुद्ध २ गोल गर्दै इज्जत जोगायो



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह ए तर्फ साउदी अरब र इजिप्ट बिचको खेलमा साउदीले जित हात पारेको छ ।
खेलको पहिलो हाफसम्म १–१ गोलको बराबरीमा रहेको खेलमा साउदी अरबले खेलको इन्जुरी समयको अन्तिममा गोल गर्दै जित हात पारेको हो ।
जितसँगै साउदीले आफ्नो इज्जत भने जोगाएको छ । खेलको २२ औँ मिनेटमा इजिप्टका खेलाडी मोहम्मद सलाहले पहिलो गोल गर्दै साउदीलाई पछि पारेका थिए । पहिलो हाफको इन्जुरी समयको छैठौँ मिनेटमा साउदीका सलमानले गोल फर्काउँदै बराबरीमा ल्याए ।
त्यस्तै खेलको अन्तिम इन्जुरी समयमा साउदीका सलिमले गोल गर्दै साउदीलाई जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्