रसिया विरुद्ध उरुग्वेको जित, रसिया ३–० ले पराजित



काठमाडौं ।
रसियामा जारी विश्वकपमा आयोजक रसिया विरुद्ध उरुग्वेले जित हात पारेको छ । रसिया विरुद्ध उरुग्वेले ३–० गोल गरेको हो । खेलको १० औँ मिनेटदेखि अग्रता लिएको उरुग्वेले खेलको ९० औँ मा तेस्रो गोल गर्दै आयोजक रसियालाई ३–० गोलले पछि पारेको हो । खेलमा स्वारेज, चेरिसेभ र काभानीले गोल गरेका हुन् । जितसँगै उरुग्वे समूह ए को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । यस्तै आयोजक रसिया भने समूहको अन्तिम खेलमा पराजित भएपछि समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्