गलत सेलेब्रेसन महगो पर्यो



लन्डन, (एजेन्सी)
स्वीट्जरल्यान्डलाई जित दिलाएका दुई खेलाडी ग्रानीट जाका र जेर्डान साकीरीलाई गलत तरिकाले खुशीयाली मनाएकोमा दुई खेल प्रतिबन्ध लगाइएको छ ।

सर्बियाविरुद्ध १–० ले पछि परेको अवस्थामा जाका र साकीरीले गोल गर्दै स्वीस टोलीको जित सुनिश्चित गरेका थिए । उनीहरुले गोलको खुशी मनाउँदा अल्बानियाको झण्डामा अंकित दुई चीलको आकार हातले देखाएका थिए । उनीहरु सर्बियाली समर्थकको अगाडि यस्तो खुशी मनाउन पुगेका थिए ।

यस सम्बन्धि फुटबलको सर्वोच्च निकाय फिफाले अनुसन्धान गर्दा उनीहरुले राजनीतिकतर्फ नियम तोडेको र आक्रामक सन्देस दिलाएको पाएको थियो । यी दुबै स्वीस खेलाडी मूलत अल्बानियान हुन् । सर्बियाले अल्बानियानहरुलाई नाटो सेनाको हस्तक्षेपमा सन् १९९९ मा थिचोमिचो गरेका थिए ।

फिफाको अनुसासन धारा ५४ अन्तर्गत कसैले खेल दौरान आम नागरिकलाई जिस्क्याएको छ भने ती खेलाडीलाई दुई खेलका लागि निलम्बन गर्ने नियम रहेको छ । साथै कम्तीमा ५ हजार स्वीस फ्रेन्क्स पनि तिराउने प्रावधान रहेको छ ।

यो निलम्बनसँगै जाका र साकीरीले समूह ई अन्तर्गत कोस्टारिकाविरुद्ध खेल्न पाउने छैनन् । यदि समूह पार भएमा उनीहरु स्विट्जरल्यान्डका लागि अन्तिम १६ मा उपलब्ध हुने छैनन् ।
जाकाका बुबालाई तत्कालीन युगोस्लाभियामा साढे तीन वर्ष जेलमा राखिएको थियो ।

त्यस्तै साकिरी युगोस्लाभियामा जन्मेका थिए । उनी बाल्यकालमै स्वीट्जरल्यान्डमा बसाई सरेका थिए । साकिरीले उनको एउटा बुटमा समेत कोसोभोको झण्डा अंकित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्