प्लेयर्स टू वाच: क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)



समूह बी अन्तर्गत स्पेनविरुद्धको पहिलो खेलमा ह्याट्रिक तथा मोरोक्कोविरुद्ध विजयी गोल गरेर कुल गोलसंख्या ४ पु¥याईसकेका पोर्चुगलका रोनाल्डो अहिले गोल्डेन बुट जित्ने दाउमा छन् । समान ४ गोल गरेर उनलाई टक्कर दिइरहेका बेल्जियमका रोमेलु लुकाकुलाई उछिन्न उनले ईरानविरुद्ध थप गोल गर्ने अधिक सम्भावना रहेको छ ।

विगतका तीन विश्वकपमा कुल तीन गोल मात्र गरेका उनले जारी विश्वकपको पछिल्ला दुई खेलमै ४ गोल गरेर आफ्नो विश्वकप गोलसंख्या ७ पु¥याइसकेका छन् । उनको गोलसंख्या आगामी खेलमा पनि बढ्न सक्ने प्रबल सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्