प्लेयर्स टू वाच: डिएगो कोस्टा



समूह चरणको पछिल्ला दुई खेलमा ३ गोल गरेका स्ट्राइकर डिएगो कोस्टाले मोरोक्कोविरुद्ध पनि थप गोल गर्न सक्नेछ । ब्राजिलमा जन्म भएर स्पेनको नागरिक बनेका कोस्टाले विश्वकप छनोट चरणमा पनि स्पेनका लागि ५ गोल गरेका थिए ।

सन् २०१३ मा ब्राजिल राष्ट्रीय टोलीबाट २ खेल खेलिसकेका कोस्टाले सन् २०१४ यता स्पेनबाट खेलेको २२ खेलमा १० गोल गरेका छन् । गत सिजन स्पेनिस क्लब एट्लेटिको मेड्रिडबाट खेलेको उनले १५ खेलमा ३ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्