कोलम्बियाद्वारा पोल्याण्ड ३–० गोलले पराजित



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह एच तर्फको खेलमा कोलम्बियाद्वारा पोल्याण्ड ३–० गोलले पराजित भएको छ । रसियाको कजान रंगशालामा आइतबार मध्यराती भएको खेलमा जितका लागि कोलम्बियाले उक्त नतिजा निकालेको हो ।

पोल्याण्डको यस हारसँगै उ विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । कोलम्बियालाई खेलको ४०औँ मिनेटमा येरी मिनाले अग्रता दिलाएका थिए। पहिलो हाफ एक शून्यको अवस्थामा सकिएको थियो भने दोस्रो हाफमा कोलम्बियाले थप दुई गोल र्गयो र आफ्नो नकआउट चरण प्रवेशको सम्भावना खुलै राख्यो। दोस्रो हाफमा कोलम्बियाका राडामेल फल्काओले ७०औँ र ७५ औँ मिनेटमा जुआन चुवाड्राडोले गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्