पेनाल्टी मार्फत इंग्ल्याण्डको दोस्रो गोल



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह जी को खेलमा इंग्ल्याण्डले पानामा विरुद्ध २–० गोलले अग्रता लिएको छ ।

ह्यारी केनले पेनाल्टीमार्फत खेलको २२ औँ मिनेटमा गोल गरे इंग्ल्याण्डलाई दोस्रो अग्रता दिलाएका छन् ।

पानामाका खेलाडीले इस्कोबरले डिबक्स भित्र लिनगार्डलाई लडाएपछि इंग्ल्याण्डले पेनाल्टीको अबसर पाएको हो ।

यस अघि खेलको आठौं मिनेटमा इंग्ल्याण्डका लागि जोन स्टोन्स्ले पहिलो गोल गर्दै इंग्ल्याण्डले अग्रता लिएको हो ।

प्रतिक्रिया दिनुहोस्