इंग्ल्याण्ड र पानामाको खेल सुरु



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह जी को खेलमा इंग्ल्याण्ड र पानामा बिच भखरै खेल सुरु भएको छ ।

रसियाको निज्नी नोभगोरोड रंगशालामा खेल सुरु भएको हो । यस अघि पानामा बेल्जियमसँग हारेको र इंग्ल्याणसँग जितेको छ ।

जितले इंग्ल्याण्डलाई अन्तिम १६ मा पुर्याउँछ भने बराबर वा हारले इंग्ल्याण्डका लागि अर्काे खेल कुर्नु पर्ने हुन्छ । फुटबल पण्डीतहरुले इंग्ल्याण्ड नै जित्ने भनिरहेका छन् ।

पानामा विश्वकपको इतिहासमा पहिलो पटक खेलिरहेको टिम हो । पानामाका लागि यो खेल पनि महत्वपूर्ण छ । जित हात पारेर विश्वकपमा चकित पार्ने उद्देश्य उनीहरुको छ ।

प्रतिक्रिया दिनुहोस्