टेलस्टार दुई पटक फुट्यो



मस्को, (एजेन्सी)
विश्वकपमा फ्रान्स र अस्टे«लियाबीचको खेल दौरान टेलस्टार–१८ बल दुई पटक फुटेको थियो । यो घटनामा फिफाले नयाँ बयान जारी गरेको छ । भनिएको छ —उक्त बल हर स्थितिमा दबाव झेल्न सक्षम छ । यसलाई ६ सय व्यवसायिक फुटबलरहरुले ३० चलेका क्लबले तीन सालसम्म परीक्षण गरेका थिए । हामीलाई पुरा भरोसा छ टेलस्टार–१८ प्रति । फेरि पनि हामी बल फुटेको कारण समीक्षा गरिरहेका छौ ।

यसैगरी एडिडास प्रबन्धनले यस्तो हुने मुश्किल भएको प्रतिक्रिया दिए । उनले बताए —हामीले पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोको त्यो ऐतिहासिक फ्रि किक देखेका थियौ । जसमा बल हावाको गतिबाट गोलपोस्ट भित्र गएको थियो । यदि यो बल यति दवाव झेल्न सक्छ भने फुट्न कसरी सक्छ । संभवत यसको केही प्राविधिकको जाँच हुनु पर्छ ।

एडिडासले १९७० देखि फिफाको आधिकारिक बल बनाउँदै आएको छ । २०१८ विश्वकपका लागि पाकिस्तानका फरवार्ड स्पोर्टस्ले फिफा प्रबन्धनलाई यो बल तयार गरेको थियो । फिफाले पहिलो पटक बलमा एक स्मार्ट चिप पनि लगाएको छ । जुन कम्प्युटर स्क्रीनमा बलसँग सम्बन्धित गतिविधिको जानकारी उपलब्ध गराउँछ । बजारमा यसको १३० पाउन्ड राखिएको छ । जसको नेपाली रकम करिब रु. १८ हजार २ सय पर्न आउँछ ।

प्रतिक्रिया दिनुहोस्