पोल्यान्डलाई गल्ती मेटाउन जितकै आवश्यक



पहिलो खेलमा सेनेगलविरुद्ध पोल्यान्डले अप्रत्यासित हार बेहोरेको थियो । २–१ ले हार्दा पहिलो गोल आत्मघाती थियो भने दोस्रो गोल डिफेन्डर र गोलकिपरबीच गलत तालमेलले भएको थियो । पोल्यान्डले एक गोल फर्काए पनि त्यतिबेलासम्म सेनेगल जित्न तयार भइसकेको थियो ।

यति ठूलो गल्ती गरेको पोल्यान्ड दोस्रो खेलमा गल्ती मेटाउन कोसिस गर्नेछ । टोलीका लागि एउटै उपाय हो जित । जितभन्दा तलको नतिजा टोलीका लागि सहि पनि हुँदैन । हारले प्रतियोगिताबाट बाहिरिनेछ भने जितले अन्तिम १६ मा पुग्ने सक्ने संभावना बन्छ । पोल्यान्डले कोलम्बियाबाट ठूलै चुनौती पाउनेछ ।

पहिलो खेलमा कोलम्बिया पपनि हारेको हुनाले दुबै टोलीले पहिलो जित हात पार्न तँछाड मछाड गर्नेमा कुनै शंका भने छैन ।

प्रतिक्रिया दिनुहोस्