आरती बनिन् उत्कृष्ट उद्यमी महिला



हेटौंडा, (नेस)
मकवानपुर थाहानगरकी महिला उद्यमी आरती श्रेष्ठ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा पुरस्कृत भएकी छन् ।

जन्मथलो हेटौंडा भए पनि उद्यमशीलताका लागि कर्मथलोका रुपमा उद्यम गर्दै थाहानगरमा संघर्ष गरिरहेकी आरतीलाई मकवानपुर जिल्लाकै उत्कृष्ट उद्यमी महिला भएकोमा मन्त्रालयले पुरस्कृत गरेको हो । उनी थाहानगर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिका सभापति हुन् ।

शिक्षा अभावमा मानिस नै भइँदैन भन्ने मान्यता भएकाका लागि उदाहरणीय ब्यक्तिको रुपमा रहेकी उनी आफूजस्तै उद्यमशील बनाउन सिलाइ प्रशिक्षण केन्द्र खोलेर थाहानगर उद्योग वाणिज्य संघसँगको समन्वयमा महिलालाई सिलाइकटाइ तालिम दिँदै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्