पीडा भुल्न पोर्न



म्युनिख, (एजेन्सी)
पीडालाई भुल्न मद्यपान वा अन्य नशा गर्छन् मानिसहरु । यो मददगार पनि हुन सक्ने भन्दा पनि यसले स्वास्थ्य खराब बन्छ । तर विश्वकपअन्तर्गत मेक्सिकोसँग जर्मनी हारेपछि निरास समर्थकहरुले एउटा नयाँ तरिका पता लगाएका छन् ।

जर्मन अनलाइन पोर्न वेबसाइटले नयाँ डाटा रिलीज गरेको छ । जसमा भनिएको छ कि जर्मनीको हारपछि अनलाइन पोर्न हेर्नेको संख्या ह्वातै बढेको थियो । वेबसाइटका प्रबन्धनले वेबसाइटमा यति ट्राफिक भयो कि जसले गर्दा सबै सर्भर ढिलो चल्न थाल्यो । एक पटक त लाखौं युजर त्यसमा थिए । यो अचानक बढेको संख्या थियो । अन्तिम सीटी बजेपछि एक मिनेटमै लाखौं युजर आएका थिए । केही विशेषज्ञले कहिलेकाही दिमागलाई राहत दिन पोर्न हेर्न सहयोगी हुन्छ भने त केही विशेषज्ञले यसमा सहमत भएनन् ।

प्रतिक्रिया दिनुहोस्