थप गरिएको अतिरिक्त समयसँगै ब्राजिलले २ गोल गर्याे



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह ई अन्तर्गतको दोस्रो चरणको खेलमा ब्राजिलले कोष्टारिकालाई २–० गोलले पराजित गरेको छ । जितसँगै ब्राजिल अन्तिम १६ मा पुग्न सफल भएको छ ।

खेलको सुरुवाती समयदेखि नै कोष्टारिका विरुद्ध आक्रामक देखिएको ब्राजिलले खेलको ९० मिनेट सकिँदासम्म गोल गर्न सकेन । थप गरिएको अतिरिक्त समय सुरुभएलगत्तै ब्राजिलका लागि फिलिप्पे कोटिनोले पहिलो गोल गर्दै खाता खोले ।

उनले ब्राजिलका लागि खाता खोलेको केही बेरमै चर्चित खेलाडी नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । यस खेलमा हार व्यहोरेपछि खेलको ९० मिनेटसम्म गोलरहित बराबरीमा खेल टिकाईराख्ने कोष्टारिका समूह चरणबाटै बाहिरिनु परेको छ ।

प्रतिक्रिया दिनुहोस्