ब्राजिल र कोष्टारिकाको खेल सुरु, ब्राजिललाई स्तब्ध बनाउने दाउमा कोष्टारिका



काठमाडौं ।
जारी विश्वकप फुटबलको समूह ‘ई’ अन्तर्गत दोस्रो चरणको खेल ब्राजिल र कोष्टारिका बिच भर्खरै सुरु भएको छ । रसियाको सेन्ट पेटर्सबर्गमा भईरहेको खेलमा कोष्टारिका ब्राजिललाई स्तब्ध पार्दै अन्तिम १६ मा पुग्ने दाउमा रहेको बुझिन्छ ।

पहिलो खेलमा स्विजरल्यान्डसँग १–१ गोलको बराबरी खेलेर १ अंक जोडेको ब्राजिलका लागि कोस्टारिकाविरुद्धको खेल महत्वपूर्ण बनेको छ।समूहको पहिलो खेलमा सर्बियासँग १–० ले पराजित भएपछि प्रतियोगितामा रहिरहन कोस्टारिकालाई दोस्रो खेलमा ब्राजिलसँग जितको नतिजा आवश्यक छ। विश्वकप छनोट चरणमा बलियो अमेरिकालाई ४–० ले हराएको जस अब ब्राजिलविरुद्धको खेलमा पनि पस्कन जरुरी छ।

आर्सेनलका पूर्व विन्गर जोएल केपबेल ती खेलाडी हुन्, जसले तीव्र गतिमा सन्तुलित खेल्न सक्छन्। यदि कोस्टारिकाको यी चारै जना खेलाडीको समन्वय भएमा ब्राजिलविरुद्ध सनसनीपूर्ण नतिजा निकाल्न नसक्ला भन्न सकिन्न।

प्रतिक्रिया दिनुहोस्