रोजीको शीर्षक फेर्न माग



निर्माणाधीन फिल्म रोजीको विवादमाथि भएको छलफलमा १ महिनापछि सम्पादनमै फिल्म हेर्ने हेराउने सहमति भएको छ।
रोजीको निर्माण संस्था र रोजीको परिवार तथा ज्यापु समुदायबीच बुधबार चलचित्र विकास बोर्डमा भएको वार्तामा निष्कर्षमा रोजी परिवारले फिल्मको शीर्षक नै परिवर्तन गर्नुपर्ने अडान राखेपछि १ महिनापछि फिल्म हेर्ने र हेराउने सहमति भएको हो। फिल्म रोजी करिब ७ वर्षअगाडि भएको रोजी महर्जन हत्याकाण्डमा आधारित कथावस्तु भएको भन्दै रोजी परिवारले चलचित्र विकास बोर्डमा त्यसको निर्माण नै रोकिदिन आग्रह गरेको थियो।

वार्तामा रोजीका बुबाआमा तथा ज्यापु समुदायका प्रतिनिधिले फिल्मको शीर्षकप्रति आपत्ति प्रकट गरेपछि निर्माता तथा निर्देशक निरक पौडेलले छायांकन रोकि“दा लाखांैंको नोक्सानी भएकाले सुचारु गर्न दिन आग्रह गरेका थिए। वार्ताका क्रममा रोजीको परिवारले छायांकन सुचारु गर्न दिने तर नाम परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए। रोजी गोपीकृष्ण मुभिज प्रालिको ब्यानरमा निर्माण भइरहेको छ। प्रदीप खड्का, पारमिता राज्यलक्ष्मी राणालगायतले यसमा अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्