प्रेममा रोमियो र मुना



पूर्वनेपाल सुन्दरी सृष्टी श्रेष्ठ र अभिनेता विनय श्रेष्ठ लिड रोलमा रहेको लभस्टोरी फिल्म रोमियो एन्ड मुनाको ट्रेलर सार्वजनिक गरिएको छ।
फिल्मका महत्वपूर्ण दृश्य समेटिएको ट्रेलरमा विनय र सृष्टीका साथमा एनिमेसनबाट तयार गरिएको राक्षसी रूपसमेत देखिएको छ। ट्रेलरमा रोमान्स, प्रेम, पीडा, एक्सन दृश्यका साथमा कौतूहलता जगाउने दृश्य छन्।

आगामी साउन ११ गतेदेखि अल नेपाल रिलिजमा आउने फिल्मको तिम्रै लागि हो बोलको एक रोमान्टिक गीत हालैमात्र छायांकन गरिएको छ।
डाइङ क्यान्डल निर्देशक नरेशकुमार केसीको निर्देशनमा प्रशन्न गोपालीले निर्माण गरेको फिल्ममा विनय र सृष्टीका साथमा सुष्मा कार्की, सुरक्षा पन्त, प्रज्ज्वल सुजल गिरीलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्