महिलाप्रति अनादर



मस्को, (एजेन्सी)
रुसमा जारी विश्वकप रोमाञ्चकतातिर अग्रसर भइरहेको छ । मैदानभित्र खेलाडीको खेल देखिरहेको छ । त्यस्तै दर्शक पनि आ–आफना टोलीप्रति समर्थन गरिहरहेका छन् । तर केही समर्थक उपद्रोमा उत्रेका छन् । रुसमा विश्वकप हेर्न गएका दक्षिण अमेरिकाका केही फुटबल समर्थकले अर्को देशका महिलाप्रति अमर्यादित भाषामा बोलाएको सामाजिक संजालमा पोस्ट गरेका छन् ।

यो पोस्टमा धेरै आलोचना भइरहेको छ । एक भिडियोमा ब्राजिलका केही समर्थकले एक विदेशी महिलालाई घेरेर पोर्चुगिज भाषामा अमर्यादित शब्द प्रयोग गरेका थिए । ती महिलाले उक्त भाषा बुझ्दैनन् । अर्को भिडियोमा कोलम्बियाको समर्थक महिलासँग स्पेनी भाषामा अमर्यादित तरिकाले बोलिरहेका थिए ।

कोलम्बियाको विदेश मन्त्रालयले ट्वीटरमा बताए—यसले केवल महिलाहरुको अपमान मात्रै होइन कि सभ्यता र संस्कृतिको पनि अनादर भइरहेको छ ।

त्यस्तै ब्राजिलस्थित महिलाको राष्ट्रिय परिषदले पनि यसको चर्को आलोचना गर्दै बतायो—यो अनादर हो । पूर्वाग्रह र सभ्यताको कमी दर्शाउँछ । यो अफसोचजनक हो ।

महिलाहरुलाई ठट्टाको पात्रो बनाएका एक ब्राजिली समर्थकको पहिचान भएको र उनलाई रुसबाट फर्केपछि ब्राजिलमा कार्वाही गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्