भार्डीकी श्रीमती करोडौ खर्च गर्दै



लन्डन, (एजेन्सी)
इंग्ल्यान्डका फुटबलर जेमी भार्डीकी श्रीमती रेबेकाहले आफना चार बच्चाका साथ रुसमा विश्वकप हेर्न पुगेकी छन् । उनले रुसमा बस्नको लागि ११ सुटकेस प्याक गरेकी छिन् । बीबीसीले जनाएअनुसार उनका परिवार त्यहाँ बस्नको लागि १ करोड ३५ लाख रुपियाँ भन्दा बढी खर्च गर्नेछिन् ।

रेबेकाहले रुसमा एक पाँच तारे होटलमा कोठा बुक गरेकी छिन् । त्यो कोठाको प्रतिदिन २२ हजार भन्दा बढी भाँडा लाग्छ भने १ लाख भन्दा बढी रुपियाँ सुरक्षामै खर्च हुने पनि बताइएको छ ।

रेबेकाहले बताइन्—हाम्रो समूह त्यहाँ एक कारणले पुगेका हौ । आफनो आफनो श्रीमानलाई समर्थन गर्न । हामी गलत कार्यबाट चर्चामा आउन चाहन्न । श्रीमती र गर्लफ्रेन्डहरु पनि देशको प्रतिनिधित्व गर्छन् ।

प्रतिक्रिया दिनुहोस्