अर्जेन्टिनाको पोष्टमा क्रोएसियाको ३ गोल, अर्जेन्टिना समस्यामा



एजेन्सी ।
रसियामा जारी विश्वकप फुटबलमा समूह डी अन्तर्गत खेलमा अर्जेन्टिना विरुद्ध क्रोएसियाले ३–० गोल गरेको छ । क्रोएसियाको यस जितसँगै अर्जेन्टिना समस्यामा परेको छ ।

खेलको पहिलो हाफसम्म गोल रहित बराबरी टुंगिएको खेलको ५३ औँ मिनेटमा क्रोएसियाका लागि रेविकले १ गोल गरेर अग्रता दिलाएका थिए भने खेलको ८० औँ मिनेटमा क्रोएसियाका अर्का खेलाडी मोड्रिकले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए । त्यस्तै अतिरिक्ति समय थपेको १ मिनेट बित्दै गर्दा राकिटिकले रोचक गोल थप्दै अर्जेन्टिनाविरुद्ध ३–० गोलले पराजित गर्न सफल भए । जितसँगै क्रोएसिया अंक बढाउन सफल भएर अन्तिम १६ अन्तर्गतको खेल खेल्ने मौका मिलको छ ।

समूहको पहिलो खेलमा आइसल्याडसँग बराबरी खेल्दै अङ्क बाँडेको अर्जे्न्टिना दोस्रो चरण प्रवेशका लागि गर या मरको अबस्थामा क्रोएसियाबिरुद्ध मैदान जारी छ । क्रोएसियाले पहिलो खेलमा नाइजेरियालाई २–० ले हराएको थियो भने अर्जे्न्टिना पहिलो पटक बिश्वकपमा सहभागि आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो ।

विपक्षीले गोल गर्दै जाँदा दबाबमा देखिएका अर्जेन्टिनाका खेलाडी खेलमा राम्रोसँग जन्म सकेन । २०१४ को विश्वकपको उप विजेता अर्जे्न्टिना फिफा बरियतामा पाँचौ स्थानमा छ । क्रोएशिया १८ औं स्थानमा रहेपनि समूह चरणको पहिलो खेलबाट ३ अङ्क सहित समूह डीको शिर्ष स्थानमा थियो । क्रोएसिया र अर्जे्न्टिना अहिलेसम्म ४ पटक आमनसामने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्