अर्जेन्टिना र क्रोएसिया बिचको खेल सुरु



एजेन्सी ।
रसियामा जारी २१ औ संस्करणको विश्वकप फुटबलमा समूह डी अन्तगर्त खेलमा अर्जेन्टिना र क्रोएसियाबिचको खेल सुरु भएको छ । निजहनी नोभगोरोड रंगशालामा अहिले भर्खरै खेल सुरु भएको हो ।

समूहको पहिलो खेलमा आइसल्याडसँग बराबरी खेल्दै अङ्क बाँडेको अर्जे्न्टिना दोस्रो चरण प्रवेशका लागि गर या मरको अबस्थामा क्रोएसियाबिरुद्ध मैदान जारी छ । क्रोएसियाले पहिलो खेलमा नाइजेरियालाई २–० ले हराएको थियो भने अर्जे्न्टिना पहिलो पटक बिश्वकपमा सहभागि आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो ।

२०१४ को विश्वकपको उप विजेता अर्जे्न्टिना फिफा बरियतामा पाँचौ स्थानमा छ । क्रोएशिया १८ औं स्थानमा रहेपनि समूह चरणको पहिलो खेलबाट ३ अङ्क सहित समूह डीको शिर्ष स्थानमा छ । सुपरस्टार लियोनल मेस्सीसहित डी मारिया, अगुरो जस्ता खेलाडी रहेको अर्जे्न्टिनाले जितका लागि क्रोएशियाका इभान पेर्सी, इभान राकाटिक, लुका मोड्रिक खेलाडीलाई रोक्नुपर्ने बिश्लेषकहरुले बताएका छन् । क्रोएसिया र अर्जे्न्टिना अहिलेसम्म ४ पटक आमनसामने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्