फ्रान्स अन्तिम १६ मा, पेरु बाहिरियो



एजेन्सी । विश्वकप समूह ‘सी’ को चौथो खेलमा दाबेदार मानिएको फ्रान्सले पेरुलाई १-० ले हराएको छ ।

खेलको ३४ औं मिनेटमा ओलिभर जिरुडको प्रहार सदुपयोग गर्दै किलियन एम्बाप्पेले गोल गरेका थिए । सो गोल गर्दै एम्बाप्पे विश्वकपमा फ्रान्सका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियालाई २-१ ले हराएको थियो भने पेरु डेनमार्कसंग १-० ले पराजित भएको थियो । आज भएको खेलमा डेनमार्क र अष्ट्रेलिया १-१ को बराबरीमा रोकिएका थिए ।

यस जितसंगै फ्रान्स ६ अंकसाथ अन्तिम १६ मा प्रवेश गरेको छ भने अंकविहिन रहेको पेरु बाहिरिएको छ । यसअघि इजिप्ट र मोरक्को बाहिरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्