पेरुलाई हराउँदै फ्रान्स अन्तिम १६ मा उक्ल्यो



एजेन्सी ।
रसियामा जारी २१ औँ सँस्करणको विश्वकप फुटबलमा समूह सी को दोस्रो खेलमा पेरुलाई १–० गोलले हराउँदै अन्तिम १६ मा उक्लेको छ ।
३६ वर्षपछि विश्वकपमा छनोट भएका दक्षिण अमेरिकी मुलुक पेरुको यो पल्टको विश्वकप यात्रापनि फ्रान्ससँगको आजको खेलले समूह चरणबाटै बाहिरिन बाध्य बनायो ।

पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध संघर्षपूर्ण २–१ को जित निकालेको फ्रान्सका लागि बाप्पेले खेलको ३५ औँ मिनेटमा १ गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए ।  पहिलो खेलबाट ३ अंक जोडिसकेको फ्रान्सका लागि पेरुसँगको आजको जितले अन्तिम १६ को ढोका खुलेको छ ।

यी दुईबीच एक पटक मात्र म्याच भएको छ । सन् १९८२ को अप्रिल २८ भएको अन्तर्राष्ट्रीय मैत्रीपूर्ण खेलमा पेरूले फ्रान्सलाई १–० ले पराजित गरेको थियो ।  यता पहिलो खेलमा पेनाल्टीको अवसरमा गोल गर्न नसकेपछि पेरुलाई डेनमार्कले १–० ले पराजित गरेको थियो ।

उक्त खेलमा बल पोजीसन राम्रो बनाए पनि स्ट्राइकरहरुमा फिनिशिंगको अभाव देखिएको थियो । आजको खेलमा पनि उस्तै दोहोरिँदा पेरु यो खेलमा पनि राम्रोसँग जम्न सकेन ।

प्रतिक्रिया दिनुहोस्