डेनमार्क र अष्ट्रेलिया बराबरीमा



एजेन्सी ।
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘सि’ को खेलमा डेनमार्क र अष्ट्रेलिया बिचको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ ।
खेलको सातौँ मिनेटमा अष्टे«लियाविरुद्ध डेनमार्कका लागि क्रिस्टियन एरिक्सनले पहिलो गोल गरेर अग्रता लिएको थियो ।

खेलको ३५ औँ मिनेटमा भने डेनमार्कका खेलाडी युरारी डिबक्सभित्र ह्याण्ड गरेपछि अष्ट्रेलियाले पेनाल्टी सुटआउटको मौका मिलेको थियो । पेनाल्टी सुटआउटमार्फत अष्ट्रेलियाका खेलाडी जेडिन्याकले १ गोल गरेर खेल बराबरीमा फर्काए ।

त्यसपछि पहिलो हाफपछिको खेल रोचक बन्न पुग्यो । दुबै टोली गोल गर्नका लागि दबाव सिर्जना गर्दै हराउने तर्खरमा लागे तर परिणाम बराबरीमा टुंगियो । बराबरी भएसँगै दुबै टोलीले एक अर्कामा अंक बाँढेका छन् ।

यसअघि अष्ट्रेलिया फ्रान्ससँग २–१ गोलअन्तरले पराजित भएको थियो । डेनमार्कले भने आफ्नो पहिलो खेलमा पेरुलाई १—० गोलले पराजित गरेको थियो ।

यससँगै डेनमार्कको ४ अंक पुगेर बलियो टोलीमा छ भने अष्ट्रेलियाको ३ अंकका साथ दोस्रो चरणमा पुग्ने आशा पलाएको छ ।

प्रतिक्रिया दिनुहोस्