६ मिनेटमै अष्ट्रेलिया विरुद्ध डेनमार्कका इरिक्सनले गरे गोल



एजेन्सी । रसियामा जारी विश्व कप फुटबलको समूह सी अन्तर्गतको दोस्रो चरणको खेल डेनमार्क खेलको सुरुवातीमै अग्रता लिएको छ । खेलको ६ मिनेटमै डेनमार्कका लागि इरिक्सन गोल गरेपछि डेनमार्कले अग्रता लिएको हो ।

अग्रतासँगै डेनमार्क १–० गोलले अघि छ । रसियाको समरा एरिनामा जारी खेलमा अष्ट्रेलिया पनि डेनमार्कलाई पराजित गर्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ । अष्ट्रेलियाको लागि यो खेल गर या मरको अबस्थामा छ । अष्ट्रेलिया डेनमार्कसँग पराजित भए नकआउट चरणमा पुग्ने सम्भावना लगभग सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्