अर्जेन्टिनाको अग्नी परीक्षा अाज, गर या मरको स्थितिमा मैदान उत्रिदै



काठमाडौँ । रसियामा जारी २१ औ संस्करणको विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदैछ । समूह चरणका दोस्रो खेलमा अर्जेन्टिना लगायतका ६ टिमले आफूलाई प्रमाणित गर्ने प्रयास गर्दै छन् ।

समूह सीमा रहेको डेनमार्क समूह चरणका दोस्रो खेलमा अष्टेलियाबिरुद्ध खेल्दैछ । डेनमार्कले पहिलो खेलमा पेरुबिरुद्ध जित निकालेको थियो भने अष्टेलिया फान्स्रसँग पराजित भएको थियो । समरा एरेना रंगशालामा खेल नेपाली समयअनुसार बेलुका ५ः४५ बजे सुरु हुनेछ । अष्ट्रेलिया पहिलो जितको खोजीमा छ भने डेनमार्क लगातार दोस्रो जितसँगै नकआउट चरणमा स्थान सुरक्षित गर्ने रणनीतिमा छ । फिफा वरियतामा १२ औँ स्थानमा रहेको डेनमार्कका लागि स्ट्राइकर क्रिष्टियन इरिकसन ४२ औ स्थानमा रहेका अष्टेलियाबिरुद्ध हतियार हुन सक्छन । करङको चोटपछि घाइते डेनमार्कका मिडफिल्डर विलियम केविस्ट अनुपस्थितमा अष्टेलियाले फाइदा लिनसक्छ ।

राती ८ ः४५ बजे समुह सी अन्तगर्तको अर्को खेलमा फान्स्र पेरुबिरुद्ध खेल्दैछ । एकतेरीनवर्ग रंगशालामा फिफा वरियतामा सातौँ स्थानमा रहेको फ्रान्सले ३६ बर्षपछि बिश्वकपमा फर्किएको पेरुबिरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । समूह चरणको पहिलो खेलमा जित निकालेको फान्स्र पेरुलाई हराउँदै अर्को चरणको यात्रा तय गर्ने लक्ष्यमा छ भने पेरु स्टार खेलाडी रहेको फान्सलाई पराजित गर्दै पहिलो जित निकाल्ने दाउमा छ । विश्वका शिर्ष लिगका क्लबमा आबद्ध फान्स्रका खेलाडीबिरुद्ध जित निकाल्न पेरुका लागि कठिन रहेको बिश्लेकषहरुले बताएका छन् ।

राती पौने १२ बजे समूह डी अन्तगर्त खेलमा अर्जेन्टिना क्रोएसियासँग खेल्दैछ । निजहनी नोभगोरोड रंगशालामा समूहको पहिलो खेलमा आइसल्याडसँग बराबरी खेल्दै अङ्क बाँडेको अर्जेन्टिना दोस्रो चरण प्रवेशका लागि गर या मरको अबस्थामा क्रोएसियाबिरुद्ध मैदान उत्रिदैछ । क्रोएसियाले पहिलो खेलमा नाइजेरियालाई २–० ले हराएको थियो भने अर्जेन्टिना पहिलो पटक बिश्वकपमा सहभागि आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो ।

२०१४ को विश्वकपको उप विजेता अर्जेन्टिना फिफा बरियतामा पाँचौ स्थानमा छ । क्रोएशिया १८ औं स्थानमा रहेपनि समूह चरणको पहिलो खेलबाट ३ अङ्क सहित समूह डीको शिर्ष स्थानमा छ । सुपरस्टार लियोनल मेस्सीसहित डी मारिया, अगुरो जस्ता खेलाडी रहेको अर्जेन्टिनाले जितका लागि क्रोएशियाका इभान पेर्सी, इभान राकाटिक, लुका मोड्रिक खेलाडीलाई रोक्नुपर्ने बिश्लेषकहरुले बताएका छन् । क्रोएसिया र अर्जेन्टिना अहिलेसम्म ४ पटक आमनसामने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्