गाईको नाममा हत्या



नयाँदिल्ली (एजेन्सी)
गाइ चोरी काटेको आरोपमा भिडले कुटपिट गरी एक व्यक्तिलाई हत्या गरेको छ । मारिएका उत्तर प्रदेशको मदामपुर गाउँका मोहम्मद कासिम मुसलमान भएको प्रहरीले बताएको छ ।

उक्त भिडले ६० बर्षिय एक बृद्ध समिउद्दिनलाई पनि नराम्रोसँग कुटपिट गरेको र उनी दुई दिनदेखि अस्पतालमा उपचार गराइरहेको जनाइएको छ । उक्त घटना राजधानी दिल्लीबाट करिब ६५ किलोमिटर दुरी उत्तर प्रदेशका हापुड जिल्लाको हो । मोहम्मद वकिल खेती र पशुपालन गर्ने समिउद्दिनका भतिजा हुन् । भारतमा हालैका बर्षहरुमा गाई मारेको आरोपमा पटक पटक मुसलमानहरुको हत्या हुँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्