‘साँचो शान्ति‘



बेइजिङ (एजेन्सी)
चीनको दुई दिवशिय भ्रमणमा रहेका उत्तर कोरियाली नेता किम जोङ उन र चिनियाँ राष्टपति सी जिनपिंगबीच कोरियाली प्रायद्विपमा परमाणु निसस्त्रिकरण गर्ने विषयमा छलफल भएको छ ।

दुई नेताबीच सिंगापुरमा अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पसँग किमको ऐतिहासिक शिखर वार्तालाई लिएर विचार आदान प्रदान भएको केसीएनएले जनाएको छ । किमले बेइजिङमा चिनियाँ राष्टपति सीसँग कोरियाली प्रायद्विपमा ‘साँचो शान्ति‘ र ‘नयाँ भविष्य उजागर‘ गर्नका लागि चिनियाँ अधिकारीहरुलाई सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्