धरहरा आफै खुसी



धरहरा आज निकै खुसी छ । २०७२ बैशाख १२ गते दुखमा परेको धरहरा आफ्नै पुनर्निर्माणमा दलका नेता सरकार र गैर सरकारी तवरबाट भएका प्रयास नारामा मात्रै सिमित भएकोमा चिन्तित हुदै आएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ग्लोवल टेण्डर आह्वान गरेपछि धरहराले आफ्नो पुरानो स्वरुप प्राप्त हुने भएपछि खुसीले गदगद नै भएको छ । हैन बनाउनु थियो त २ बर्ष अगाडि नै शुरु गरेको भए हुने थियो नि । मानव जातीहरुमा देखिएको स्वार्थीपनले आफुलाई हेरेर निच्च हास्ने मनुवाको अगाडि लाज छोप्दै आउदा आउदै हैरान भएपछि के गरौ के गरौ भन्ने भएको थियो ।

अव नयां स्वरुपमा आफुले जीवन्तता पाउने भएपछि खुसी नहुने को होला र हैन भन्या पाठक बृन्द । मेरोमात्र होइन देशभर मजस्तै भग्नावषेस भएर बसेकाहरुलाई छिटो भन्दा छिटो पुनर्निर्माण भएको हेर्ने तीव्र अभिलासा छ है सरकारी मित्रहरु आगे यहांहरुकै मर्जी है ?

प्रतिक्रिया दिनुहोस्