रिलायन्स लाइफ इन्स्योरेन्सको जीवन शान्ति बीमा योजना



काठमाडौं, (नेस)
रिलायन्स लाइफ इन्स्योरेन्सले ग्राहकका लागि जीवन शान्ति बीमा योजना अघि ल्याएको छ । १६ वर्षको उमेरदेखि नै लिन गर्न सकिने यो बीमा योजनाअन्तर्गत न्युनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने भवितव्यबाट आर्थिक स्थिरता तथा पूर्ण जोखिम प्रदान गर्दछ ।

यो योजनाको विशेषता भनेको न्यून बीमा शुल्कमा आश्रितको भविष्य सुरक्षित गर्नु रहेको कम्पनीले जनाएको छ ।

जीवन शान्ति बीमा योजनासँगै विभिन्न अतिरिक्त सुविधा पनि बीमितले लिन सक्ने कम्पनीको भनाइ छ ।

कम्पनीले घातक रोगविरुद्धको अतिरिक्त सुविधा पनि अघि ल्याएको छ । कम्पनीले ७ र ११ वा १८ विभिन्न घातक रोगबाट हुन सकिने मानवीय हानीलाई मध्येनजर गरी यो सुविधा सार्वजनिक गरेको हो । नेपालमा १८ घातक रोगविरुद्ध अतिरिक्त सुविधा लिएर आउने रिलायन्स लाइफ इन्स्योरेन्स पहिलो जीवन बीमा कम्पनी हो ।

बीमितले न्युनतम बीमा शुल्क तिरेर १८ वटासम्म घातक रोगविरुद्ध यो सुविधाको लाभ लिन सक्नेछन् । यस अतिरिक्त सुविधा लिएमा बीमितलाई कुनै पनि एक घातक रोग लागेको चिकित्सकीयरुपमा प्रमाणित भएमा कम्पनीले अधिकतम् ५० लाखसम्म एक मुष्ठ रकम प्रदान गर्नेछ । यो अतिरिक्त सुविधा विभिन्न बीमा योजनासंग संयुक्त रुपमा लिने सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्