खेलको पहिलो हाफसम्म पोर्चुगलको अग्रता कायमै



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह बी दोस्रो चरणको खेलमा पोर्चुगलले १–० गोलले अग्रता लिएको छ ।
खेल सुरु भएको चार मिनेटमै पोर्चुगलको तर्फबाट रोनाल्डोले गोल गरे पछि पोर्चुगलले अग्रता लिएको हो ।

समूहको पहिलो खेलमा पोर्चुगलले स्पेनसँग बराबरी खेल्दा मोरक्को इरान आत्मघाती गोलले पराजित भएको थियो ।

आजको यस खेलमा पोर्चुगलका स्ट्राइकर रोनाल्डोमाथि सबैको ध्यान केन्द्रित छ । पहिलो खेलमा उनले हाट्रिक गरेका थिए । आजको यस खेल मोरोक्कोले कुनै पनि हालतमा पोर्चुगललाई बराबरीमा रोक्नु पर्ने दबाब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्