खेलको चार मिनेटमै रोनाल्डोले हाने गोल



एजेन्सी ।
जारी फिफा विश्वकफ फुटबल प्रतियोगिताको समूह चरणको दोस्रो खेल पोर्चुगल र मोरोक्कोको खेल भर्खरै सुरु भएको छ । समूह बी अन्तर्गतको दोस्रो खेलको चार मिनेट जाँदा पोर्चुगलको तर्फबाट रोनाल्डोले गोल गरेपछि पोर्चुगलले अग्रता लिएको छ ।

खेलको सुरुवाती बाट नै मोरोक्को विरुद्ध आक्रामक देखिएको पोर्चुगल सामु मोरोक्को ‘गर या मर’ को स्थितिमा छ । मोरोक्कोलाई आजको खेल पोर्चुगललाई जसरी पनि बराबरीमा रोक्नु पर्ने दबाव रहेको छ । यस खेलमा हार ब्यहोरे मोरोक्को समूह चरणबाटै बाहिरिने पहिले टिम बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्