प्लेयर्स टू वाचःक्रिस्टियानो रोनाल्डो



(पोर्चुगल)
आज हुने मोरोक्कोविरुद्धको खेलमा अवश्य क्रिस्टियानो रोनाल्डोमाथि नै सबैको नजर हुनेछ। समूह बी अन्तर्गत स्पेनविरुद्धको पहिलो खेलमा ह्याट्रिकमार्फत् पोर्चुगलको हार टारेको रोनाल्डोसँग यस्तै आशा उनको समर्थकले गरेका छन्। यसपटक उनी पुरै लयमा देखिएका छन्।

स्पेनविरुद्ध गरेको ३ गोलले उनलाई जारी विश्वकपको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उभ्याएको छ। विगतका ३ विश्वकपमा कुल ३ गोल मात्र गरेका उनले जारी विश्वकपको पहिलो खेलमै ३ गोल गरेर आफ्नो विश्वकप गोलसंख्या ६ पुर्याइसकेका छन्। स्पेनविरुद्धको खेलमा उनले कुल ४ पटक गोलपोस्टमा प्रहार गरेकोमा तीन त लक्ष्यमै पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्