इरानलाई स्पेनको चुनौती



स्पेनले पहिलो खेलमा ३–२ को अग्रता लिएर पनि जित हात पार्न सकेन। पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले खेल सकिन २ मिनेट बाँकी हुँदा सुन्दर फ्रि किकमा गोल गरेर खेल बराबरीमा सकाएको थियो। स्पेन स्पष्ट ३ अंक जोड्न सफल भएन। २०१० को विश्व विजेता स्पेन गत ब्राजिलमा भएको विश्वकपमा पहिलो चरणबाटै बाहिरिएको थियो। यो तीतो अनुभवलाई जतिसक्दो बिर्साउन स्पेनले प्रयास गर्नेछ।

उता इरान दोस्रो चरणमा पुग्न खेलको स्तर बढाउनुुपर्ने हुन्छ। इरान समूह ‘बी’ मा मोरोक्कोलाई १–० ले हराएर शीर्ष स्थानमा छ। सो खेलमा मोरोक्कोले धेरै दबाब दिए पनि अन्तमा बराबरीतिर लागेको खेल आत्मघाती गोलका कारण जितको सुई इरानतिर घुमेको थियो। इरानका लागि डिएगो कोस्टालाई पन्छाउन मुस्किल हुनेछ। कोस्टाले पोर्चुगलविरुद्ध २ गोल प्रहार गरेर चर्चामा छन्।

प्रतिक्रिया दिनुहोस्