डुँगा दुर्घटना



जाकार्ता,(एजेनसी)
इन्डोनेसियाली उद्धारकर्ताहरुले सुमात्राको एउटा तालमा डुँगा पल्टिँदा हराइरहेका एकसय जना भन्दा बढि मानिसको मंगलवार व्यापक खोजि गरिरहेका छन् । विश्वकै अत्यन्तै गहिरो तालहरु मध्ये एक मानिने तथा पर्यटकहरुको लोकप्रिय गन्तव्य लेक टोबाबाट अहिलेसम्म अठारजनालाई जिवित उद्धार गरिएको प्रहरीले जनाएको छ ।

करिव ६० जना मात्र यात्रु क्षमता रहेको सो डुँगामा करिव १ सय ३० व्यक्ति सवार रहेको सरकारी अधिकारीहरुले बताएका छन् । सुरक्षा व्यवस्थामा बढि लापरवाही हुने कारण इन्डोनेसियामा पटक पटक यस्तो दुर्घटना हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्