शान्तिको आशा



कावुल,(एजेन्सी)
अफगानिस्तान सरकारले गत शनिबार घोषणा गरेको तालिबानसँगको एकतर्फी युद्धविराम लगत्तै तालिबानले पनि त्यसको भोलिपल्टैबार युद्धविराम घोषणा गरेको थियो । तर तालिवान लडाकुहरुले आइतबार राति सकिएको युद्धविरामको समयावधि बढाउन भने मानेनन् । त्यसको विपरित सरकारले भने आइतबार राति सकिएको सो अवधि थप तीन दिन बढायो । तर तिनीहरुले इदका लागि भन्दै तीनदिने युद्धविरामको घोषणा गर्नुलार्ई पनि अफगानिस्तानमा एक आश्चर्यजनक रुपमा आएको निर्णयको रुपमा लिइएको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले यसबाट अब त्यहाँ शान्तिको आशा बढेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्