मेगा बैंकका सञ्चालकद्वारा लगानीकर्ता डुबाउने खेलमा



नेपाल समाचारपत्र, काठमाडौं ।
मेगा बैंक नेपालका सञ्चालकहरू आफ्नै सञ्चालक डुबाउने खेलमा लागेका छन् । टुरिजम डेभलपमेन्ट बैंकस“ग मर्जर प्रक्रियामा ठूलो आर्थिक चलखेल गरी लगानीकर्ता डुबाउने खेलमा लागेका हुन् ।

ड्यु डेलिजेन्स अडिट (डीडीए) प्रतिवेदनको सुझाव अगावै ९५ प्रतिशत स्वाप रेसियोमा मर्जर सम्झौता गरी दुवै बैंकका केही सञ्चालकले ठूलो परिमाणमा इन्साइडर ट्रेडिङ गरेको लगानीकर्ताको ओराप छ ।

डीडीए रिपोर्टमा दुई बैंक मर्जर प्रक्रियामा स्वाप रेसियो ९१ दशमलव ९७ प्रतिशत कायम गर्ने सुझाव दिइएको थियो । तर, बैंकको चुक्ता पु“जी पुग्नै लागेको अवस्थामा भित्रि कारोबारमा संलग्न केही सञ्चालकले बैंकलाई जवरजस्ती मर्जर प्रक्रियामा लगेर लगानीकर्तालाई नोक्सानमा पारेको लगानीकर्ताको आरोप छ ।

मर्जर अघि बोनस तथा ६५ प्रतिशत हकप्रदबाट मेगा बैंक आफ्नै चुक्ता पु“जी ७ अर्ब ५७ करोड रुपिया“ पुग्ने भए पनि सञ्चालकहरूको चलखेलबाट जवरजस्ती मर्जरमा लगिएका मेगा बैंकका सस्थापक लगानीकर्ताको आरोप छ ।

मेगा बैंकका वर्तमान अध्यक्ष्ाँ एवम् मर्जर प्रक्रिया सम्बन्धीका तत्कालीन संयोजक भोजबहादुर शाहको संयोजकत्वमा २०७२ असोज ५ गते बसेको मर्जर कमिटीको बैठकमा शाह आफैंले पुलिङ प्रक्रियाबाट १०५.२ः८० सम्मको शेयर स्वाप रेसियो कायम गर्न सकिने अन्तिम भनाइ रहेको बताएका थिए ।

तर, शाह बैंकको अध्यक्ष भएपछि आफैंले राखेको प्रस्ताव मिचेर १००ः९५ को स्वाप रेसियोमा मर्जरको सम्झौता गरेका हुन् । सो समय टुरिजम डेभलपमेन्ट बैंकका अध्यक्ष डा. पुष्प क“डेलले बैंंकको गृहकार्य अनुसार ८७.३५ः१०० वा ८९ः१०२ गरी दुईवटा वैकल्पिक शेयर स्वाप रेसियो कायम गर्न सकिने प्रस्ताव गरेका थिए ।

तत्कालीन समितिको बैठकको निर्णय मिच्दै गरिएको सम्झौतामा हस्ताक्षरमा सबै सञ्चालकलाई समेत जानकारी नदिएको घटनाले केही सञ्चालक आफैं यस्तो खेलमा लागेको बताइएको छ । त्यस्तै सीएससी एन्ड कम्पनी चार्ट एकाउन्टेन्टसका निर्देशक मदनकृष्ण शर्माले २०७४ असोज २३ गते दिएको प्रतिवेदनमा स्वाप रेसियो ९१ दशमलव ९७: १०० प्रतिशत हुनुपर्ने सुझाव छ ।

पश्चिामाञ्चल फाइनान्सलाई गाभेर २५ प्रतिशत हकप्रद तथा १३ दशमलव २५ प्रतिशत बोनस वितरण गरेको मेगा बैंकले फेरि ६५ प्रतिशत हकप्रद बा“डेको थियो । त्यस्तै मातृभूमि विकास बैंक तथा कालिञ्चोक डेभलपमेन्ट बैंकलाई एक्वायर गरेको टुरिजमले १८ दशमलव ६ प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद जारी गरेर मात्र मर्जरको प्रक्रियालाई अघि बढाउने सम्झौता भएको थियो ।

२०७३ माघ ६ गतेको मर्जर सम्झौताअनुसार मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकको स्वाप रेसियो मेगाको हकमा १ सय ८७ दशमलव २५ र टुरिजमको हकमा २ सय ७ हुने देखिन्छ ।

सम्झौतामा ९५ प्रतिशत स्वाप रेसियो कायम गर्नुमा मेगा बैंकका केही सञ्चालकको टुरिजममा ठूलो मात्रामा शेयर भएकाले उनीहरुले टुरिजम बैंकको शेयरलाई बास्तविक मूल्यभन्दा बढी मूल्य दिइएको बुझिएको छ । टुरिजम डेभलपमेन्टको शेयर मूल्य महं“गो कायम गरी ठूलो हिस्सा शेयर आफन्तको नाममा खरिद गरेको बैंकसम्बद्ध स्रोतले जनाएको छ ।

मेगा बैंकको शेयर मूल्य बढी रहेको र मर्जरमा गएपछि अहिले न्यून मूल्यमा किनेको शेयरको मूल्य बढ्ने भएकाले मेगाका सञ्चालकले टुरिजमको ठूलो हिस्सा शेयर आफ्ना मान्छेको नाममा लिएको स्रोतको दाबी छ ।

लगानीकर्ता भने सञ्चालक समितिका केही सदस्यले आफ्नो स्वार्थका लागि बैंकलाई नै धरापमा पारेको आरोप लगाउ“छन् । टुरिजम डेभलपमेन्ट बैंक खरिद गर्ने हैसियत भएको मेगाले मर्जरमा जानुमा ठूलो चलखेल रहेको शेयरधनीको दाबी छ ।

मेगा बैंकका सञ्चालकहरूको असक्षमताका कारण बैंकका साधारण लगानीकर्ताहरू धितोपत्र बजारमा पीडित बन्न पुगेका छन् । बैंक सञ्चालनमा आएको करिब आधा समयसम्म धितोपत्र बजारमा मेगा बैंकको शेयर कारोबार रोकिन पुगेको छ ।

२०७० साल साउन महिनाको २५ गते बैंकको पहिलोपटक नेप्सेमा कारोबार सञ्चालनमा ल्याएको थियो । पश्चिामाञ्चल डेभलपमेन्ट बैंकस“गको मर्जरका कारण बैंकको शेयर कारोबार २०७१ साल माघ १५ गतेदेखि रोकिएर २०७३ साल जेठ १६ गतेसम्म (१६ महिनापछि) कारोबार सञ्चालनमा आएको थियो । पछिल्लो पटक मेगा र टुरिजम डेलपमेन्ट बैंकबीचको मर्जर प्रक्रियाका नेप्सेमा २०७३ माघ ६ गतेदेखि २०७५ जेठ १४ गतेसम्म ४९१ दिन कारोबार रोकिएको थियो ।

नेपालको बैंकिङ क्षेत्रमा मर्जरकै कारण यति लामो समयसम्म धितोपत्र बजारमा कारोबार रोकिएको मेगाकै सम्भवत पहिलो घटना हो । केही सञ्चालकहरू निहित स्वार्थका कारण हजारौं लगानीकर्ता पीडित बन्न पुगेका छन् ।

साना–साना लगानीकर्तालाई समेटेर बैंक खडा गरिएको तथा अधिकांश छिमेकी र राजनीतिकरूपले नजिक भएका कारण मेगा बैंकमा भएको मनोमानीविरुद्ध खुलेर बोल्न हच्किने गरेको लगानीकर्ताको भनाइ छ ।

सञ्चालकहरूको अकर्मन्यताका कारण धितोपत्र बजारमा करिब चार वर्ष कारोबार रकि“दा सयौं लगानीकर्ताको पु“जी फ्रिज भएको छ ।
शेयर लगानीलाई चल सम्पत्तिको रुपमा प्रयोग गर्ने लगानीकर्तालाई चार वर्ष जति कारोबार रिक“दा मेगा बैंकको शेयर ‘सिमलको काठ’ (हेर्दा काठ ठूलो देखिन्छ तर त्यसको भ्mयाल, ढोका नबन्ने)जस्तै भएको लगानीकर्ताको गुनासो छ ।

कुनै बेला ६ सय रुपिया“को हाराहारीमा पुगेको मेगा बैंकको शेयर मूल्य अहिले १७९ रुपिया“मा सीमित रहेको छ । ‘हलोदेखि हाइड्रो’ भन्ने नारा दिए पनि बैंकिङ पृष्ठभूमि नभएका व्यक्ति सञ्चालक हु“दा बैंकले पर्फमेन्स कमजोर देखिएको छ । पछिल्लो पटक बैंकलाई आफ्नो कब्जामा राख्न केही सञ्चालक लागिपरेका छन् ।

आगामी असार २९ गते हुने साधारणसभालाई केन्द्रित भएर बैंकका अध्यक्ष भोजबहादुर शाह, सञ्चालकद्वय गोपाल खनाल र मदन आचार्यको चलखेल तीव्र रहेको छ । १२ सयभन्दा बढी संस्थापक शेयर सदस्य रहेको बैंकमा साधारणसभामा सबै शेयरधनी उपस्थिति नहुने र बैंकलाई आफ्नो कब्जामा राखी राख्न अहिलेदेखि नै प्रोक्सी लिने काम भइ रहेको छ ।

राजनीतिक रुपले निकट र गाउ“ले छिमकी रहेका शेयरधनीलाई हस्ताक्षर गराउने र प्रोक्सी लिन समूह नै लागेको छ । बैंक बैंकमा भएको अनियमिता र अपारदर्शी गतिविधिका बारेमा सम्पर्क गर्न खोज्दा बैंकका अध्यक्ष भोजबहादुर शाहस“ग सम्पर्क हुन सकेन भने बैंकका कम्पनी सचिव तुलसी पोखरेल संग प्रश्न गर्दा झोकि“दै प्रवक्तालाई सोध्नुहोस भनेर फोन राखे ।

 

प्रतिक्रिया दिनुहोस्