ट्रेलरमा भैरे



आगामी साउन ४ गते रिलिज डेट तोकिएको फिल्म भैरेको राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ।

प्रेम रोमान्स, गीत–संगीत, नृत्य, द्वन्द्व र हासोको समिश्रणका साथ तयार पारिएको ट्रेलरमा फिल्मका प्रायः कलाकारलाई देखाइएको छ। एभरेस्ट सूर्य बोहोराद्वारा लिखित तथा निर्देशित फिल्ममा दयाहाङ राई केन्द्रीय भूमिकामा छन्। उनका साथमा सुरक्षा पन्त, वर्षा शिवाकोटी, सुनील थापा, बुद्धि तामाङ, जयनन्द लामा, सविता गुरुङ, जाह्नवी बोहरा, अनुभव रेग्मी, अर्जुन गुरुङ, लेखबहादुर पुन, समेश श्रेष्ठ, सयाहाङ राई, कञ्चन ठकुरी, शूरवीर पण्डितलगायतले अभिनय गरेका छन्।

नेपालय सिनेमा इन्टरनेसनलको ब्यानरमा देवीमाया फिल्म्स् र सिनेमान्डु इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्ममा पटकथा र संवाद निर्देशक बोहोराका साथमा दिनेश न्यौपाने र अभिमन्यु निरवी, संगीत वसन्त सापकोटा, अर्जुन पोखरेल र एम बराल, नृत्य निर्देशन वसन्त श्रेष्ठ, कविराज गहतराज र रामजी लामिछाने, द्वन्द्व सूर्य थोकर, छायांकन पुरुषोत्तम प्रधान र सम्पादन बनीष शाहको रहेको छ।

प्रतिक्रिया दिनुहोस्