सुनसान खेल



बरिष्ठ नेताहरु २र४ दिनका लागि विदेश प्रस्थान गर्ने भएसी मुलुक त झन्डै झन्डै खाली नै हुने भो । प्रधानमन्त्री, मन्त्रीहरुको ठूलै टोली, बाक्लै संख्यामा सरकारी अधिकारी सहित पूर्व प्रधानमन्त्री समेत मुलुक बाहिर भएसी समाचारको खडेरी हुने संभावना बढ्या छ ।

पीएम ओली १ सय १० जना भन्दा बढीलाई लिएर चीन जाने, नेकपाका अर्का नेता प्रचण्ड श्रीमति सीताको उपचारका लागि सोमबार नै सिंगापुर पुगेपछि मध्य वर्षाद्मा समाचारको खडेरी बढ्ने कन्फर्म । फुटवलको यत्रो माहोल चलिराख्या बेला के को खडेरी हुनु भन्ने पाठकवृन्दलाई लाग्नु स्वभाविक हो ।

राजनीतिक बल यता उता फाल्न माहिर नेताहरु नै नभएपछि साह्रै सुनसान नै हुँदो रैछ भन्या । नेताहरु नहुँदा धरहरालाई के नपुग्या, के नपुग्या जस्तो लाग्ने, दर्शक विनाको रंगशाला जस्तो । उता रसियामा चल्या फुटवल हेर्न यता दर्शकको अभाव भए जस्तो । यही बेला राजनीतिक फुटबल समेत जम्या भए पो मज्जा हुन्थ्यो । ए साँची, यता हाम्रा राजनीतिक खेलाडीका ‘रेफ्री’ र ‘लाइन्स म्यान’हरु पनि उतै कताका छन क्यारे ।

प्रतिक्रिया दिनुहोस्