लौ आयो झ्यालै नभएको हवाईजहाज !



के तपाइँ झ्याल नभएको हवाईजहाजमा चढेर बाहिरी संसारबाट अलग भएर समुद्रमाथिको आकाशमा ८/९ घण्टाको यात्रा गर्ने कुराको कल्पना गर्नुभएको छ तपाइँको यस्तो कल्पना अब पूरा हुनेवाला छ । किनकि दुबईको इमिरेट्स एइरलाइन्सका मालिकले यसको योजना बनाइसकेका छन् ।इमिरेट्स एयरलाइन्सका प्रमुख सर टिम क्लार्कका अनुसार आउँदा वर्षहरुमा झ्याल नभएका जहाजको कुरा यथार्थमा परिणत हुनेवाला छ ।

बुधबार एउटा एयरलाइन्सको फस्र्ट क्लास क्याबिन खण्डमा यस्तै देखियो । जहाजमा क्याबिन खण्डमा कुनै झ्याल थिएनन् ।झ्याल नहुनका कारणले फाइबर अप्टिक्समार्फत जडिन क्यामराको एक प्रणालीका माध्यमले यात्रुहरुलाई बाहिरका दृश्यहरु देखाइयो ।इमिरेट्स एयरलाइन्सको बोइंग ७७७–३०० इआर जहाजको फस्र्ट क्लास क्याबिनमा यो सुविधा सुरु गरिसकिएको छ र छिटै जहाजका हरेक खण्डमा लागू गरिनेछ ।

वास्तवमा विमानमा वास्तविक झ्यालको साटो भर्चुअल झ्यालहरु हुनेछन् ।क्लार्कका अनुसार विमानमा झ्याल नहुनाले विमानको संरचना बलियो बन्नुका साथै वजन समेत कम हुने र तिव्र गतिमा उडान भर्ने हुँदा इन्धन समेत कम खपत हुन्छ ।

जहाज विज्ञका अनुसार झ्याल नहुँदा विमानमा मनलाग्दी डिजाइन परिवर्तनको सम्भावना पनि बढ्दछ । हरेक कुरामा बचत हुन्छ । यद्यपि उनी यात्रुको रुपमा जहाजमा झ्याल हुनु अनिवार्य ठान्दछन् र यसमा सम्झौता गर्न चाहँदैनन् । कृत्रिम झ्याल कहिल्यैपनि वास्तविक झ्यालको विकल्पन बन्न नसक्ने उनको भनाइ छ ।

बीबीसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्