अजीव छ प्रविधि



‘ल्हासामा सुन छ कान मेरो बुच्चै’ यो उखान निकै पुरानै भएछ क्यार, हिजोआज नेपालीको जनजीवनमा मेल खान छोड्याजस्तो लाग्छ। समय परिस्थिति र प्रविधिले ल्हासा–काठमाडौं र मुलुकका अन्य भेगलाई नजिक्याएपछि र खल्तीमा दाम भएसी सुन फालाफाल भेटिन्छ।

अहिले सात समुन्द्रपारी भकुन्डो उत्सव अर्थात् फुटबल महोत्सव चल्या छ, त्यसको फिभरले नेपाललाई छपक्कै छोप्या छ। महोत्सव आयोजनास्थल रसिया टाढा भएर के भो त, खल्तीमा दाम हुनेहरूले निकै ठूलो फराकिलो इन्चको टीभी सेट घर–घरमा भित्याइरहेका छन्। आ–आफ्नो इच्छा र रोजाइका टिमलाई समर्थन गर्दै जर्सी लगाउनुपर्ने जमातको कमी छैन।
उबेला ब्लाक एन्ड ≈वाइट अनि १४ इन्चको सादा त्यो पनि ब्याट्रीले चल्ने पिक्चर क्वालिटि झ्यारझ्यार वाला टीभी मुस्किलले हेर्ने मौका पाउनेका लागि ठूलै उपलब्धि भाछ। प्रविधिले छलाङ मारेपछि ल्हासा टाढा भाछैन। प्रविधिले नेपालीलाई सहजै युरोप, अमेरिका र विश्व घुमाएको, देखाएको छ। घर–घरमा झगडा र साथीभाइमा फाटो ल्याउन पनि प्रविधि निकै अब्बल छ।

फुटबल कुम्भकै कुरा गरौं, मेसीलाई समर्थन गर्यो ब्राजिलवाला निकै छेडछाड गर्ने, बाज्रिललाई समर्थन गर्यो, स्पेन र जर्मन समर्थकको दम्म बेग्लै। स्पेन, पोर्चुगल, फ्रान्सवालाको आ–आफ्नै दाबी। यस्तो देख्दा लाग्छ प्रविधि सम्बन्ध जोड्न होइन तोड्न विकास गरिएको हो।

प्रतिक्रिया दिनुहोस्