प्लेयर्स टु वाचः ह्यारी केन (इंग्ल्यान्ड)



इंग्लिश प्रिमियर लिग टोटनह्याम हट्सपरका चर्चित स्ट्राइकर हुन ह्यारी एडवर्ड केन। टोटेनह्याम हट्सपरबाट उनले १ सय ५० खेलमा १ सय ८ गोल गरेका छन्। यसै सिजनमा इभर्टनविरुद्ध ४–० को जित निकाल्दा २ गोल गरेका उनले टोटेनह्याम क्लबको इतिहासमा सर्वाधिक गोलकर्ता बन्ने कीर्तिमान समेत बनाएका छन्। ६ फिट २ इन्च उंचाई भएका २४ वर्षीय केन सन् २०१५ देखि इंग्ल्यान्डको राष्ट्रिय टिममा सामेल छन्। इंग्लिश राष्ट्रिय टिमबाट २४ म्याचमा उनले १३ गोल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्