दक्षिण कोरियाविरुद्ध स्विडेन



दक्षिण कोरिया

पछिल्लो विश्वकप ः समूह चरण, २०१४
उत्कृष्ट प्रदर्शन ः सेमिफाइनल, २००२
मेनेजर ः सिन ताई–योङ
क्याप्टेन ः केइ सान्च योङ
हालको फिफा वरीयता ः ५७
सम्भावित फर्मेसन ः ४–२–३–१
विश्वकप यात्रा
दक्षिण कोरियाले विश्वकप छनोटमा निकै उतार–चढाव भोग्नुपर्यो। कोरियाले सात खेलमा एक गोल पनि गर्न सकेन। कतार, चीनसँग पनि पराजित भएपछि प्रशिक्षक उली स्टेलियइकीलाई सिन ताई योङले स्थापन्न गरे। योङको नेतृत्व भने दक्षिण कोरियाले इरान र उज्वेकस्तानलाई पराजित गर्दै रुसको टिकट पक्का गर्यो।

महत्वपूर्ण खेलाडी
करियरको तेस्रो विश्वकपमा कोरियाको नेतृत्वे केई सान्च योङले गर्ने छन्। योङलाई कोरियाका समलकालीन फुटबलरमध्येका उत्कृष्ट मानिन्छ। यस्तै टोटनहामबाट खेल्ने सन हेङ मिन र ली जइ सुङ पनि टोलीका महत्वपूर्ण सदस्य हुन्। उनले यो सिजन पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।

स्विडेन

पछिल्लो विश्वकप ः अन्तिम १६
उत्कृष्ट प्रदर्शन ः उपविजेता, १९५८
म्यानेजर ः जोन एन्डर्सन
क्याप्टेन ः आन्द्रेस ग्रानक्युभिस्ट
हालको फिफा वरीयता ः २४
सम्भावित फर्मेसन ः ४–२–३–१

विश्वकप यात्रा
स्विडेनले युरोपियन क्षेत्रको छनोट चरणमा ६ जित, ३ हार र १ बराबरी खेल्दै उत्कृष्ट दोस्रो टोली बन्दै प्लेअफमा स्थान बनाएको थियो। प्लेअफमा इटाली जस्तो चारपटकको विश्वकप विजेतालाई हराएपछि स्विडेन रुसमा छनोट हुन सकेको थियो। स्विडेनको जितले इटाली ५८ वर्षपछि विश्वकपमा छनोट हुन सकेन।

महत्वपूर्ण खेलाडी
जाल्टन इब्राहिमोभिचले संन्यास लिएपछि मार्कस बर्गलाई प्रशिक्षक एन्डर्सनले प्रमुख स्ट्राइरको भूमिकामा उतारे। बर्गले उत्कृष्ट प्रदर्शन गर्दै छनोट चरणमा ८ गोल गरेका थिए। यस्तै भिक्टर लिन्डेलोफले मिडफिल्डमा उत्कृट प्रदर्शन गर्दै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस्