आक्रमकारी मारिए



ट्रेन्टन,(एजेन्सी)
अमेरिकाको न्युजर्सी राज्यको ट्रेन्टनमा शनिवार राति आयोजित आर्टस फेष्टिभलमा दुईजना व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा बीसजना मानिस घाइते भएको प्रहरीले जनाएके छ । घाइते हुनेमा एकजना १३ वर्षिय बालक पनि रहेका छन् । सो कार्यक्रममा करिव एक हजार व्यक्तिले स्थानिय कला , संगीत र खानेकुराको आनन्द लिइरहेकोबेला अप्रिय घटना घटेको थियो । प्रहरीले एकजना ३३ वर्षिय आशंकित पुरुषलाई गोली हानी मारिएको र अन्य एक पुरुषलाई हिरासतमा लिइएको छ । एकजना किशोर लगायत चारजना घाइतेको स्थिती चिन्ताजनक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्