सार्वभौम नेपाल डुबेको के हेरिरहने ?



दीर्घराज प्रसाइ
पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गरेको बेलामा १ सय वर्ष अगाडि जर्मन, इटली टुक्राटुक्रामा विभाजित थिए, १ सय वर्ष अघि जापान निरंकुश शासनको अन्धकार युगमा थियो, फ्रान्स निरंकुशताको विरुद्ध संघर्षशील थियो। अमेरिका बेलायती साम्राज्यबाट ग्रसित थियो। सन् १७६८ अर्थात् विक्रम संवत् १८२५ मा नै पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गरेर यो क्षेत्रको अस्मिता बचाउने काम गरेका थिए।
फ्रान्सका विद्वान सिल्वा लेभीले सन् १८९८ पछि नेपालमा रहँदा नेपाल हिन्दु अधिराज्यको इतिहास २ खण्ड पे्रmन्च भाषामा लेखेका थिए र त्यसको नेपाली भाषामा अनुवाद फ्रान्सका पूर्व राजदूत डिल्लिराज उप्रेतीले गर्नुभएको छ। यसले पनि हिन्दु अधिराज्य पृथ्वीनारायण शाहबाट एकीकरण गरेको बेलादेखि स्थापित मान्यता हो भन्ने बुभ्mन सकिन्छ। दोस्रो विश्वयुद्धदेखि विश्वका राष्ट्रहरूले आ–आफ्नो पहिचान बोकेर राष्ट्रवादी धारलाई आ–आफ्नो पहिचानका रूपमा लिन थालेकाले इजरायललाई विश्वमा एकमात्र यहुदी राष्ट्रको रूपमा घोषित गरिएपछि नेपालको पहिचानको लागि मात्र विक्रम संवत् २०१९ सालको संविधानमा नेपाललाई हिन्दु अधिराज्य उल्लेखित गरिएको हो।
विश्वका धर्ममा हिन्दु धर्म अत्यन्त उदार धर्म हो। जर्मनका विद्वान भोल्टेयरले भनेका थिए– ‘हिन्दुशास्त्र पश्चिमी जगत्का लागि पूर्वीय जगतको सबैभन्दा ठूलो उपहार हो।’ बेलायतका विद्वान जर्ज वर्नाड साले भनेका थिए– ‘हिन्दु धर्म संसारको सर्वाधिक र उदार धर्म हो।’ वैदिक–हिन्दु सभ्यता विस्तार गर्ने क्रममा ऋषिहरू भन्थे–‘कृण्वन्तो विश्वमार्यम्’ अर्थात् विश्वलाई सभ्य बनाऔं भन्ने सन्देशबाट अभिपे्ररित भएर यस क्षेत्रका अनेकौं ऋषिबाट संसारको सभ्यतामा मानवीयता सिञ्चित भएको हो। यसै सन्दर्भमा २५ सय वर्ष अगाडि इरानको फारसी पोलिसनगरमा ईसाभन्दा ४ सय ८६ वर्ष पुरानो दारा हस्तास्पको स्मारकको शिलालेखमा ‘हिन्दु’ र हिन्दुस दुवै उल्लेख छ भन्ने कुरा ‘इनसाइक्लोपिडिया अफ रिलिजन्स एन्ड एथिक्स’ मा उल्लेख छ। इरान देशको फारसी सम्प्रदायको प्राचीन ग्रन्थ ‘शातीर’मा व्यास ऋषिको वाक्यलाई उद्धृत गरेको– ‘म हिन्दु देशमा जन्मिएको सच्चा हिन्दु हुँ’ भन्ने कुरा उल्लेख छ। (पं सोमनाथ घिमिरे) मनुले विध्य र हिमालको बीचको भागलाई आर्यवर्त मान्नुका साथै प्रयागदेखि सिधा उत्तर हिमालयसम्मको भागलाई ब्रह्मार्षि देशमा गणना गरेका थिए।
वशिष्ट ऋषिले वशिष्ट उपनिषद्मा उल्लेख गरेका छन्– ‘भारतखण्डे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि।’
कालीदासले पनि कुमार संभवको पहिलो श्लोकमा ‘हिमालय पर्वतको पूर्वदेखि पश्चिमसम्मलाई आर्यभूमि’ भनेका थिए। सप्तगण्डकीमा काश्यप ऋषि, पुलस्त्य ऋषि, कोशी किनारमा कौशिक ऋषि (विश्वामित्र), गोर्खामा वेदव्यास, तत्वज्ञानी दार्शनिक राजा जनकको राज्यमा याज्ञवल्क्य, गार्गी मैत्रेयी, गण्डकमा वाल्मिकि ऋषि, बागमती किनारमा ‘ने’मुनि नामका ऋषि र ऋग्वेदमा ऋषिहरूले ख्याति कमाएको उल्लेख छ। विश्वको सातौं आश्चर्यमध्ये चीनको विशाल पर्खालको पश्चिमी द्वारमा चौध फुट लामो संस्कृत मन्त्र रहेको र यो मंत्रलाई मंगोल सम्राट कुब्ला खाँले चौधौं शताब्दीमा ‘ॐ नमोभगवते..’ आदि लेखिएको छ, (पुरुषोत्तम घिमिरे)। चीनको ग्रेटवालका ढोकामा महाभारतका श्लोकहरू संस्कृत भाषामा कलापूर्ण अक्षरमा लेखिएका छन्, (स्वामी प्रपन्नाचार्य)।
हिन्दु तथा बौद्ध अधिराज्यको रूपमा नेपालमा राई, लिम्बु, मगर, गुरुङ, नेवार, ब्राह्मण, क्षेत्री, कामी दमाईं, सार्की, मैथिली, भोजपुरी, अवधि जो जति छौं हामी सबै हिन्दु हौं। हामीमध्येका कतिपय बौद्ध पनि छौं, जसमा शेर्पा, तामाङ र केही नेवार बौद्ध धर्मप्रति आबद्ध भए तापनि यो यहींको पशुपतिनाथ र स्वयम्भूनाथभित्रकै उपज हो। किराँती पनि हिन्दुझैं महादेव र भगवतीको पूजा गर्छन्, टिका लगाउँछन् भने किराँती, बुद्ध र हिन्दू धर्म एकअर्काका सहयात्री हुन्। हिन्दु धर्म, संस्कृति यति व्यापक र उदार छ कि मूर्ति पूजा गर्ने नगर्ने, शाकाहारी, मांशाहारी, जनै लाउने नलाउने, आ–आफ्नो इच्छाअनुसार हिँड्न सक्ने कुरामा हरेक हिन्दु स्वतन्त्र हुन्छन्।
विश्वभरिका धर्ममा यो अत्यन्त उदार र प्रजातान्त्रिक धर्म हो। तर केही दिनदेखि गोर्खाको लुइँटेल स्कुलदेखि इसाई बनेर नेपाल विरोधी भारतीय यसडी मुनीका चेलाका रूपमा चिनिएका बाबुराम भट्टराई जसले दिल्लीमा रहेर १२ बुँदे सहमति गराई नेपालमा गणतन्त्र, धर्म निरपेक्ष लाद्नमा सक्रिय भूमिका निभाएका थिए। तिनै बाबुराम भट्टराई अहिले हिन्दु धर्मको चर्को विरोध गरिरहेका छन्। यसका सम्पूर्ण समूल नष्ट गर्नुपर्छ भन्दै हिन्दु धर्मको नामनिशाना मेटाउन सक्रिय भएर लागेका छन्। नेपाललाई कुनै खतरा छ भने नेपाली आमाकै कोखबाट जन्मिएकाबाट खतरा छ भन्ने कुरा हामी सबैले बुझ्नुपर्ने बेला छ।
विश्वका देशमा ९९ राष्ट्र इसाई छन्। अमेरिका धर्मनिरपेक्ष भने तापनि त्यहँँको सर्वोच्च अदालतले अमेरिकालाई क्रिश्चियन राष्ट्र भनेको छ। अमेरिकी राष्ट्र पनि बाइबल समातेर सपथ ग्रहण गर्छन्। विश्वमा सय राष्ट्र अन्य क्रिश्चियन भए पनि कतिपय राष्ट्रले आपूmलाई क्रिश्चियन नभने तापनि यस धर्मको समर्थन गर्छन्।
मुस्लिम राष्ट्र ४९, बौद्ध राष्ट्र १२ छन्, १ यहुदी राष्ट्र छ। के नेपालको विश्वमा महत्व र सम्मान हुनुमा सगरमाथा भएर हो? वा पशुपतिनाथ रहेकाले वा जानकीधाम भएर वा गौतम बुद्धको जन्मभूमि भएर वा मुक्तिनाथ भएकाले हो? होइन। संसारको नजरमा नेपाल आँखो भएको संसारको एकमात्र हिन्दु राजसंस्था भएको देश र विश्वको एकमात्र हिन्दु अधिराज्य भएर नै हो। हिन्दु राजा र हिन्दु अधिराज्य सुरक्षित रहेमा मात्र सगरमाथा, पशुपतिनाथ, जानकीधाम, गौतम बुद्धको जन्मभूमि, मुक्तिनाथ सबैको सुरक्षा हुन्छ। राजा यो पूण्यभूमिका रक्षक हुन्।
नेपालका यी दुवै मान्यतालाई समाप्त नगरुन्जेल विश्वमा इसाई साम्राज्य स्थापित गर्न नसकिने भएकाले क्रिश्चियन संगठन सशक्त बनेर नेपाल खान खोजेका हुन्। धर्मनिरपेक्षको नाममा नेपाललाई इसाईकरण गरेर यो हिन्दुस्थलको अस्तित्व नै समाप्त गर्न लागेको अवस्था छ। प्रधानमन्त्री केपी ओली र माओवादीबाट गृहमन्त्री बनाइएका रामबहादुर थापाले राष्ट्रिय एकता दिवस, प्रजातन्त्र दिवस, शहीद दिवस खारेज गरिदियो। समस्त हिन्दुको अपमान गर्दै घटस्थापना, जनै पूर्णिमा, कोजाग्रत पूर्णिमा, रामनवमी, कृष्णजन्माष्टमी, ऋषिपञ्चमी विस्थापित गराउन सार्वजनिक विदा खारेज गरिदिएर विशाल नेपालको सिर्जना भएदेखि राष्ट्रिय प्रतिष्ठाका लागि मानिएको राष्ट्रिय एकता दिवस तथा युगयुगदेखि स्थापित हिन्दु दिवस खारेज गरेर लगभग ९६ प्रतिशत ॐकार परिवारको आत्मामा चोट पुर्याउने कुकर्म गरेको छ। यस्ता गलत राष्ट्रघाती निर्णयको भागिदार प्रधानमन्त्री केपी ओली नै ठहर्छन्। तमाम हामी हिन्दु र नेपालका राष्ट्रवादीले केपी ओलीलाई राष्ट्रवादी ठानेर अध्यधिक मतले जितायौं तर त्यसको परिणाम अहिले सबैलाई ठूलो धोका भएको छ। केपी ओलीको मन्त्रिपरिषद्बाट यस्ता निर्णय गराइन्छ भने यहाँ माओवादीलाई मात्र दोष दिन सकिंदैन।

अमेरिकाजस्तो महाशक्ति प्रजातान्त्रिक राष्ट्रमा राष्ट्रपति क्याथोलिकबाहेक क्रिश्चियन वा यहुदी बन्न पाउँदैन। अमेरिकाका राष्ट्रपति र प्रधानन्यायाधीशले संविधानको सपथ नलिएर बाइबलको सपथ लिन्छन्। त्यहाँका चर्च राजनीति र शिक्षामा रुचि राख्छन् र विदेशमा धर्म प्रचार गर्न अर्बौं डलर खर्च गर्न सक्रिय छन्। माल्दिभ्स र साउदी अरबमा मुसलमान मात्र त्यहाँका नागरिक हुन्छन्। इजरायलमा केही अपवादबाहेक यहुदी मात्र त्यहाँको नागरिक हुन पाउँछन्। इस्लामिक राष्ट्रमा हिन्दुको कुनै पनि पहिचान टिक्न दिइँदैन, तर नेपाललाई हिन्दु अधिराज्य रहँदा मुसलमानप्रति हिन्दु कहिले नकारात्मक थिएनन् र हुँदैनन्। नेपाल हिन्दु अधिराज्यको रूपमा रहँदा मुसलमान सगौरव आफ्नो धर्म मान्न स्वतन्त्र थिए। नेपाल हिन्दु अधिराज्य रहिरहे पनि धर्मनिरपेक्ष राष्ट्रभन्दा उदार, सहिष्णु छ। अन्य धर्मप्रति आक्रमक थिएन। राजदरबार अगाडि ठूल्ठूला मस्जिदको निर्माणमा यहाँका हिन्दु राजाले स्वीकृति दिएको अनगिन्ती उदाहरण छन्।

भारतका हिन्दु नेपाललाई सधैं हिन्दु अधिराज्यको रूपमा ग्रहण गरिनुपर्छ भन्छन्। यदि नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने हो भने विश्वका अनेकौं धर्मसापेक्ष क्रिश्चियन, मुसलमान, यहुदी सम्पूर्ण राष्ट्र सबैले धर्मनिरपेक्ष घोषित गर्नुपर्दछ। क्रिश्चियनले– ‘क्रस’, यहुदीले– ‘षटकोण’, मुसलमानले– ‘काबा’ त्याग्न सक्छन् र सबै राष्ट्र धर्मनिरपेक्षको नीति अवलम्बन गर्छन् भने नेपालले पनि सोच्ने कुरा आउँछ। तर हिन्दु धर्मभन्दा धेरै पछि जन्मिएका धर्म मुस्लिम, क्रिश्चियनले चाहिँ विश्वका धर्मसापेक्ष राष्ट्र बन्नुपर्ने अनि विश्वको एकमात्र हिन्दु अधिराज्य नेपाल चाहिँ धर्मनिरपेक्ष बन्नुपर्ने कुराले नेपाल पराई धर्मको थिचोमिचोमा परिसकेको स्पष्ट हुन्छ। विश्वको एकमात्र हिन्दु अधिराज्य समाप्त गरेर इसाईकरण गर्ने जुन खतरनाक खेल पश्चिमाहरूले खेलेका छन्। त्यत्तिकै अखण्ड–नेपाल टुक्र्याउन तराईभित्र खतरनाक रणनीति लाद्न थालिएको छ। अहिले तराईको कथित २ नम्बर क्षेत्रमा नेपाली मुद्रा चल्न नदिएर भारतीय मुद्रा चलाउन चाहेको छ। नेपाली भाषा विस्थापित गर्न खोजिएको छ। नेपालको राष्ट्रिय पोसाक टोपी, दौरा–सुरुवाल औपचारिक कार्यक्रमबाट हटाइएको छ।
पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरण हुनुभन्दा धेरै वर्ष अगाडिसम्म पाल्पादेखि मकवानपुर, मकवापुरदेखि विजयपुर हुँदै टिस्टासम्म हिन्दुपति सेनवंशी राजाहरूको राज्य थियो। त्यो बेला सेनवंशी राज्यमा नेपाली भाषा विक्रम संवत् लेखापढीमा लोकप्रिय थियो भन्ने कुरा विभिन्न अभिलेखमा पाइन्छ। त्यसबेला मधेसी भन्ने नामो निशान थिएन। अहिले तराईमा मधेसीको बोलबाला कसरी बढ्न गयो? यो सबै भारतीय कांग्रेस (आई) र उसको ‘रअ’ को षड्यन्त्रबाट तराईमा पसेका मधेसी हुन्।
विश्वमा इसाई साम्राज्य स्थापित गर्न पश्चिमाहरूले प्रशस्त लगानी गरेका छन्। त्यसैले नेपालमा इसाईबाट ठूलो खतरा छ। २०७१ सालभन्दा अगाडि भारतमा कांग्रेस (आई) को सत्ताको बेला दक्षिण छिमेकीबाट पनि त्यत्तिकै खतरा थियो। वर्तमान विजेपीको मोदी सरकारबाट खतरा नहोला जस्तो ठानिए तापनि भारतीय प्रशासकीय संयन्त्रबाट गरिने बदमासी र षड्यन्त्र पनि त्यत्ति नै खतरनाक छ। विश्वको एकमात्र हिन्दु अधिराज्य समाप्त गरेर इसाईकरण गर्ने जुन खतरनाक खेल पश्चिमाहरूले खेलेका छन् त्यतिकै अखण्ड–नेपाल टुक्र्याउन तराईभित्र खतरनाक रणनीति लाद्न थालिएको छ।
विश्वमा इसाई साम्राज्य स्थापित गर्न पश्चिमाहरूले प्रशस्त लगानी गरेका छन्। त्यसैले नेपालमा इसाईबाट ठूलो खतरा छ।

प्रतिक्रिया दिनुहोस्