लालीगुराँस र एचएचसीए च्याम्पियन



काठमाडौं, (नेस)
आयोजक लालीगुराँस नेसनल एकेडेमी र एचएचसीएले चौथो लालीगुराँस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन्।

जुनियर ब्वाइज फाइनलमा लालीगुराँसले महामञ्जुश्रीलाई ३७–३३ ले पराजित गर्यो। टोलीको जितमा प्रिन्स केसीले १५ अंक योगदान गरे। इडेन ब्रिज एकेडेमीले तेस्रो स्थानमा चित्त बुझायो। त्यस्तै सिनियर गल्र्सको उपाधि भिडन्तमा एचएचसीएले ग्रिनल्यान्डलाई २६–२० ले हरायो। विजेताकी अनिता सुनुवारले १५ अंक जाडिन्। महामञ्जुश्री तेस्रो भयो।

ब्वाइजमा लालीगुरँँसका दिपेश क्षेत्री तथा गल्र्समा एचएचसीएकी अनिता सुनुवार ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए। ब्वाइजमा बूढानीलकण्ठ तथा गल्र्समा फ्लोरिसेन्टले अनुशासित टिमको उपाधि हात पारे।

प्रतिक्रिया दिनुहोस्