रसियालार्इ ३-० को अग्रता



काठमाडाैं । विश्वकपको उद्घाटन खेलमा अायोजक रसियाले पहिलो हाफमा ३-० को अग्रता बनाएको छ।

रसियाका लागि युरी गोजिन्सी र डेनिस च्यारिसेभले दुर्इ गोल गरेका थिए। खेलको १२अौं मिनेटमा युरीले हेडर मार्फत गोल गर्दै अायोजकलार्इ सुरुवाती अग्रता दिलाएका थिए। एलेक्सडर गोलोभिनले बायाँबाट दिएको क्रसमा माथि उठेर हेडिङ मार्फत उनले गोल गरेका थिए। यो उनको पहिलो अन्तराष्ट्रिय गोलपनि हो। जर्मनीका फिलिप लेहमपछि २००६ यता विश्वकपको पहिलो सटमै गोल गर्ने उनी पहिलो खेलाडी पनि बनेका छन्।

पहिलो हाफ सकिन २ मिनेट बाँकी छँदा डेनिसले दोस्रो गोल थपेका थिए। रोमन जोवनिनले दिएको पासलार्इ डेनिसले डी बक्सभित्रबाट साउदीका डिफेन्डरलार्इ छलाउँदै गोल गरेका थिए। उनको पनि यो पहिलो अन्तराष्ट्रिय गोल हो।

अलान डेजागेभले ह्यार्मस्ट्रङ इञ्जुरीका कारण मैदान छाडेपछि उनको स्थानमा २४ औं मिनेटमा उनी मैदान प्रवेश गरेका थिए।

खेलको ७१ औं मिनेटमा रसियाका अर्तेम डेजुवाले तेस्रो गोल गरेका हुन् ।

यसैबीच

रुस र साउदी अरबबीचको पहिलो खेलको १२ औं मिनेटमा युरी गोजिन्सीले गरेकाे गाेल विवादमा परेको छ।

हेड गर्ने क्रममा युरीले साउदी अरबका डिफेन्डरलार्इ धकेलेका थिए। युरीकाे धकेलाइबाट साउदी अरबका डिफेन्डर पाेल छेउमा लड्न पुगेका थिए। दुवै खेलाडी डिबक्स रहँदा याे घटना भएकाे थियाे। सम्वेदनशील अवस्थामा रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीआरए) को निर्णय लिएर अन्तिम निर्णय दिनुपर्नेमा सोझै गोलको निर्णय दिएको भन्दै फुटबलप्रेमीहरुले विरोध जनाएका छन्।

सामाजिक सञ्जालमा रसियाले खेलकाे १२ अाैं मिनेटमा षड्यन्त्र रचेकाे भन्दै अालाेचना भइरहेकाे छ।

खेलकाे प्रत्यक्ष अपडेटमा न्यूज अफ नेपाल निरन्तर लागेकाे छ ।

प्रतिक्रिया दिनुहोस्