१० रुपैंयाँको कण्डमले सनी लियोनीलाई तनाब



काठमाडौं। फिल्मी अभिनयसँगै समय–समयमा विवादास्पद अभिव्यक्ति दिने पूर्व पोर्नस्टार सनी लियोनी यस पटक पुनः विवादमा तानिएकी छिन् । हालै मात्र एक कण्डमको विज्ञापन गरेकी उनलाई सोही विज्ञापनले विवादमा ल्याएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार विज्ञापनमाथि गोवाका नेता प्रान्सिस्को सिल्वेरियाले आपत्ति जनाएका छन् । उनले जुन किसिमले कण्डमको प्रचार गरिएको छ, त्यसलाई तुरुन्त बन्द गर्नुपर्ने उनले माग गरेका छन् ।

ती नेताले विज्ञापनका कारण आफूहरु लज्जित भएको बताएका छन् । ‘गोवा ट्रान्सपोर्ट कर्पोरेशनको बसमा कण्डमको विज्ञापनको प्रचार भएको छ । यो विज्ञापनको पोष्टर बसमा पनि टाँसिएको छ, उनले भनेका छन्, ‘यस्तो किसिमको विज्ञापनबाट हामी गोवाका मानिसहरु के सिकिरहेका छौं ? बसमा विद्यार्थी पनि यात्रा गर्छन। यस्तो विज्ञापनबाट उनीहरुले के सिक्छन् । यस्तो विज्ञापनबाट गोवाका मानिसमा नराम्रो प्रभाव परिरहेको छ ।’

मैनफोर्स कण्डमको सद्भावना दूत समेत रहेकी सनीले यही कण्डमको विज्ञापनमा अभिनय गर्दा विवाद बढेको हो । यसअघि यो कण्डमको विज्ञापनमा देखिएकी सनी त्यो समयमा पनि विवादमा तानिएकी थिइन् । यसअघि रिपब्लिकन पार्टी अफ इण्डियाको महिला शाखाले पनि सनीको कण्डम विज्ञापनको विरोध गरेको थियो । उनीहरुले विज्ञापन हेरेर महिलाहरु लज्जित हुनुपरेको जनाएका छन् । आफ्नो विज्ञापनको विरोध भएपछि सनीले आफूले हस्ताक्षर गरेको ब्राण्डको विज्ञापन प्रति आफूले नैतिक जिम्मेवारी लिने गरेको बताएकी छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्