सबैभन्दा महंगो फीफा विश्वकप



मस्को, (एजेन्सी)
रूसले फीफा विश्वकप २०१८ आयोजनाका लागि १४०.८ हजार करोड नेपाली रुपैया बराबरको रकम खर्च गरेका छन् । यो आंकडा ८८ वर्षको विश्वकप इतिहासमा सबैभन्दा अधिक हो ।

फुटबल विश्वकप संसारमा सबैभन्दा धेरै हेरिने र सबैभन्दा महंगो खेल प्रतियोगिता हो । जसको आयोजनाका लागि रूसले १४०.८ हजार करोड नेपाली रुपैयाँ बराबरको रकम खर्च गरेका छन् । यो ८८ वर्षको विश्वकप इतिहासमा सबैभन्दा अधिक खर्च हो । यसअघि ब्राजिलमा सम्पन्न सबैभन्दा महंगो बनेको विश्वकपमा कुल १२७.२ हजार करोड नेपाली रुपैया बराबर खर्च भएको थियो ।

रुस विश्वकपका लागि आधिकारिक बजेट करीब २१,०२४ करोड रुपैयाँ थियो । उक्त बजेट मुख्यतः स्टेडियमको लागि थियो । तर रूसले ढुवानी तथा यातायात, सुरक्षा, स्वास्थ्यलाई मिलाएर कुल १४०.८ हजार करोड रुपैयाँ खर्च गरेको छ ।

यदि विश्वकपसँग जोडिएको पर्यटन सम्बन्धित विज्ञापन खर्च जोड्ने हो भने यो आंकड़ा २ लाख २८ हजार करोड़ रुपैयाँ पार हुन्छ । यो रकम संसारको २ सय ११ देशमध्ये ९९ को जीडीपीभन्दा बढी हो । अन्य विकसित युरोपेली राष्ट्रको तुलनामा रसियामा फुटबलसँग सम्बन्धित विभिन्न स्रोत साधनको अभावर्ला पूर्ति गर्न यति ठूलो धन राशि खर्चिनु परेको हो ।

विश्वकपका कारण रूसको अर्थतन्त्रलाई १० वर्षमा ३.३४ लाख करोड़को फाइदा हुने अनुमान गरिएको छ । मस्को टाइम्सका अनुसार रूसले विश्वकप आयोजनाका लागि खेल र भौतिक पूर्वाधारमा १४०.८ हजार करोड़ रुपैयां खर्च गरेको छ । जसको ३० प्रतिशत रकम खेलसँग सम्बन्धित निर्माणमा, ५० प्रतिशत यातायात, ढुवानी, स्वास्थ, सुरक्षा र २० प्रतिशत होटल तथा सम्बन्धित अन्य क्रियाकलापमा खर्च भएको छ ।

रुसको अर्थतन्त्रमा यसको फाइदा लामो अवधिका लागि देखिने छ । सन् २०१३ देखि २०२३ का बीचको अर्थतन्त्रमा ३.३४ लाख करोड़ रुपयाँको फाइदा हुने अनुमान गरिएको छ । विश्वकप तयारीका लागि रूसमा २.२२ लाख रोजगारी सिर्जना भएको छ ।

विश्वकपमा गरेको लगानीका कारण अप्रिलदेखि सेप्टेम्बर २०१८ का बीच रूसको अर्थतन्त्र ०.२ प्रतिशतको रफ्तारले बढ्ने थुप्रै आर्थिक विशेषज्ञले अनुमान लगाएका छन् ।

४० हजार करोड़ रुपैयाँ पर्यटन, पेय पद्धार्थ र खानामा
विश्व कपसंग सम्बन्धित पर्यटनमा ३२ हजार करोड़ खर्च हुनेछ । पेय पद्धार्थ र खानामा गरी कुल ८ हजारभन्दा करोड नेपाली रुपैयांभन्दा बढी खर्च हुनेछ ।

६० दिनमा ४० हजार करोड़को विज्ञापन

विश्वकपका दौरान विभिन्न कम्पनिले ४० हजार करोड रुपैयाँ विज्ञापनमा खर्च गर्नेछ । सबैभन्दा अधिक ९००८ करोड नेपाली रुपैयाँ रकम बराबरको विज्ञापन चीनमा मात्र देखाईदै छ । त्यसपछि अमेरिकामा ४३२० करोड विज्ञापनमा खर्च हुनेछ । चीन र अमेरिका दुवै विश्वकपमा छनोट भएका छैनन । तर त्यहाँ फुटबलको क्रेज बढ्दो छ ।

त्यहाँको जनताले शपिंगमा अधिक खर्च गर्न सक्ने कारण ती कम्पनिहरुले विज्ञापनका लागि विशेषतः ती देशहरुमा ध्यान दिएका हुन् । एउटा अर्को रिपोर्ट अनुसार संसारभर विश्वकपका दौरान र त्यसको एक महीनाभित्र ४० हजार करोड़ विज्ञापनमा खर्च हुने बताइको छ ।

१५ लाख विदेशी पर्यटक रूसमा
विश्वकपका दौरान रूसमा टूरिज्म ४ सय प्रतिशतले वृद्धि हुनेछ । करीब १५ लाख विदेशी विश्वकपका दौरान रूस भित्रिने अनुमान गरिएको छ । यो बाहेक देशका लाखौं फुटबल प्रशंसकहरुले म्याच हेर्न थुप्रै शहरहरुको यात्रा गर्नेछ । देश र विदेशका फुटबल प्रशंसकले करीब ३२ हजार करोड़ रुपयाँ खर्च गर्ने अनुमान गरिएको छ ।

विश्वकपको लागि गत शनिवार फीफाको अतिरिक्त १.२० लाख टिकट एक घन्टाभित्र बिकेको थियो । आयोजकका अनुसार विदेशी फुटबल प्रशंसकले विश्वकप दौरान औसत १२ दिन रुसमा बिताउनेछ ।

बंगलादेशबाट स्पोर्ट्स वेयर र पाकिस्तानबाट बल बिक्रि
विश्वकपमा सहभागी टीमहरुको किट बांग्लादेशमा बनेको छ । बंगलादेशले विश्वकपका लागि १०८० करोड़ रुपियाँको स्पोर्ट्स वेयर र झण्डा निर्यात गरेको हो । जसमा खेलाडीहरु, फ्यान्स र देशको जर्सी पनि जोडिएका छन् । एडिडास, प्यूमा, नाइकी, जी–स्टार, एचएंडएम र मार्कस एन्ड स्पेन्सर जस्ता इन्टरनेशनल ब्रान्ड्स स्पोर्ट्स वेयर बनाउने गरेको छ ।

बंगलादेशका थुप्रै कम्पनिहरुले वर्षभरि यूरोपियन क्लबका खेलाडीहरुका लागि पनि स्पोर्ट्स वेयर निर्यात गर्छन् । अर्कोतिर, विश्वकप २०१८ को बल टेलस्टार–१८ पाकिस्तानमा बनेको हो । पाकिस्तानी कम्पनी फरवार्ड स्पोर्ट्सलाई यसका लागि करीब ४ सय ८० करोड रुपयाँको सम्झौता मिलेको थियो । यही बल विश्वकपमा प्रयोग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्