विश्वकप: आजको खेलको प्रिभ्यू



रसिया
अघिल्लो विश्वकपमाप्रर्दशनः २०१४ माब्राजिलमाभएको विश्वकपमा समूह चरणमा (२४ औं)

उत्कृष्ट प्रर्दशनः सेमिफाइनल (चौथो) इंग्ल्याण्ड १९६६

म्यानेजरः स्टेनस्लाव चेर्चेस्को

कन्फडेरेसनः यूइएफए

फिफा ¥यान्किङः ६६

सम्भावितफर्मेसन ः ३–५–२

विश्वकप यात्रा

आयोजक राष्ट्रको हैसियतमा रुसले २०१८ को विश्वकप खेल्न लागेको हो ।

म्यानेजर

रुस र स्पार्टक मस्कोका पूर्व गोल किपर स्टेनस्लाभचर्चेस्विभ राम्राम्यानेजर मध्येका एक हुन् । रुसको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभन्दा पहिले उनले घरेलु लिगको क्लब लिबिया वारसाको नेतृत्व गरेका थिए ।

महत्वपूर्ण खेलाडी

अनुभवी गोलकिपर इगोर अकिनफनफिभले रुसको कप्तानी गर्नेछन् । उनले राम्रो प्रर्दशनगर्दै समुह चरण पार गर्ने लक्ष्यमा हुनेछ । पछिल्लो दुई सिजनमा रसियली प्रिमियर लिगमा शिर्ष गोलकर्ता रहेका र यो सिजनमा उपाधि जितेका फ्योडोर स्मोलोवले सुरुवाती ११ मा स्थान बनाउनेछन् । उनी राम्रो फर्ममा रहेका कारण उनले प्रभावशाली प्रर्दशन गर्ने अपेक्षा गरिएको छ ।

२१ बर्षिय प्लेमेकर अलेक्जेन्डरर गोलोविन पनि रसियाका अर्का हेर्न लायक खेलाडी हुन् । सिएसकेए मस्कोबाट व्यवसायिक फुटबल खेलिरहेका उनी माथि यूरोपका चर्चित क्लबले आँखा लगाइरहेका छन् ।

साउदी अरेविया

पछिल्लो विश्वकपः समुह चरण (२८ औं) जर्मनी, २००६

उत्कृष्ट प्रर्दशनः अन्तिम १६ (१२ औं) यूएसए, १९९४

म्यानेजरः जुआन एन्टोनियो पिज्जी

कन्फडेरेसनः एएफसी

क्याप्टेनः ओस्माहवेस्वी

फिफा ¥यान्किङ ः ६७

सम्भावितफर्मेसन ः ४–३–३ अथवा ४–५–१

विश्वकप यात्रा

साउदी अरेबिया छनौट चरणमा समुहउपविजेताकारुपमा रसियाविश्वकपमा छनौट भएको हो । यो समुहको विजेताजापानभएको थियो ।

म्यानेजर

जुआन एन्टोनियो पिज्जीले पाँचौ विश्वकपमा सहभागिताजनाउँदैछन् । उनीबार्सिलोनाकापूर्व स्ट्राइकर हुन् । अर्जेन्टिनामा जन्मिएका स्पेनकाअन्तराष्ट्रिय खेलाडी पिज्जीयसभन्दा अघि चिलीको राष्ट्रिय टोलीकाप्रशिक्षकथिए ।

महत्वपूर्ण खेलाडी

अलमुदालदले जापानविरुद्धगोल गर्दै साउदीको रसियायात्रापक्का गरेकाथिए । २३ बर्षिय विंगर मुदालदलाई एसियाकातिव्रगतीका र प्रतिभावान खेलाडीका रुपमा लिइन्छ ।
यस्तै एल शेहरी अर्का हेर्न लायक खेलाडी हुन् ।

यी मिडफिल्डर निकै प्रतिभाशाली छन् । उनले विश्वकपमाउत्कृष्ट प्रर्दशनगर्ने अनुमानगरिएको छ । भियारियलबाट खेलिरहेकाअल दससारी साउदीकाउत्कृष्ट खेलाडी हुन् । बल नियन्त्रण र छोटो पास खेल्ने शैलीउनको क्षमताहो । उनले पनिविश्वकपमा राम्रो प्रर्दशनगर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्