बल ब्वाय होइन बल गर्ल



मस्को, (एजेन्सी)
यस पटकको विश्वकपमा पहिलेको भन्दा फरक ढंगले शुरुआत हुन लागेको छ । ओपनिङ समारोहमा यस पटक केटा बच्चाहरुको सट्टा १४ रुसी केटीहरुलाई बल गर्लका रुपमा उतारिनेछ । यसले फिफा विश्वकपको इतिहासमा नयाँ प्रथाको चलन हुनेछ ।

१३ देखि १६ वर्षका केटीहरुलाई मस्कोको १०० किलोमिटर टाढा एग्रिज भन्ने ठाउँबाट छनोट गरिएको हो । मात्र १९ हजार जनाको आबादी भएको यस नगरबाट १४ बल गर्लको रुपमा केटीहरु चुनिएको छ ।

यी चुनिएका बल गर्ल रुसको राष्ट्रिय जुनियर महिला फुटबल टोलीको भावी उम्मेदवार पनि हुन् । उनका प्रशिक्षक इदार इहयितोवले बताए कि यी सबै केटीहरुका लागि कुनै सपना झै हुनेछ । यीनीहरु रुसको तारतास्तान नामक क्षेत्रको फुटबल टोलीमा खेल्छन् । उदघाट्न खेल रुस र साउदी अरेबियाको टोलीबीच उनीहरुले पहिले फुटबल आदान प्रदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्